ma chaadai Doha aaudai chhu hai sathi haru
म निकै ढिलो भा छु है
September 30, 2009म घर जाने तयारी मा ब्लग अपडेट गर्न निकै ढिलो भा छु है । अब ६ दिन पछि नेपाली द्रिश्यहरु देख्न पाउनुहुने छ तपाईंहरुले !!
September 14, 2009
गजल
जवानीको जोसै त्यस्तो होसमा कहा पर्छ मान्छे
जवानीकै निर्णयमा सेरीएर ब्यर्थै मर्छ मान्छे
बैगुनिलाई गुन गर्नु दोस आखिर आफ्नै हुन्छ
पाए पछि चाल बल्ल छागिएर झर्छ मान्छे
प्रेम पनि नाना थरि हात्तीका दात जस्तै
त्यहीँ प्रेमकै नाटकमा दुनियासंग चर्छ मान्छे
कस्तो बिडम्बना यहाँ बुझी बुझी बुझ पच्छ
अन्जुलिको पानी माथि रातो रगत भर्छ मान्छे
एन.
anjan bhattrai: .बी.अन्जान
रानीटार-१,पाँचथर
हाल-दोहा कतार
गोविन्द अधिकारी को मिठो रचना
September 10, 2009सिंगो मुटु तोड्नु थियो ललाई फकाइ जोड्यौ किन
फुल बिना को बगैचा झै उजाड बनाइ छोड्यौ किन?
अधेरी मा छाया बनी सताउन थाल्यौ किन ?
खुशी अन्तै लुटाएर फेरी सामु झुल्क्यौ किन ?
बिरालो झै घरी-घरी मेरो बाटो काट्छौ किन ?
खोज्छ अझै तिम्रो मन ले मेरो न्यानो माया किन ?
ओभाएका छैनन अझै चिस्याउन खोज्छौ किन ?
एउटै दाब मा दुई खुकुरी राखन खोज्छौ अझै किन ?
मेरै साथमा जिउनु थ्योत पहिले पाइला मेटेउ किन ?
आशु झारी-झारी कन सम्झदै छौ मलाई किन ?
बन्द गरेउ मन को ढोका बास मैले मग्दा किन ?
हाल; दोहा कतार
सङ्खुवासभामा दुई हजार परिवार पहिरोको जोखिममा
September 10, 2009सङ्खुवासभा जिल्लाका बाला, सिसुवाखोला, याफू र माङतेवा गाविसका करिब दुई हजार परिवार पहिरोको खतरामा परेका छन् । यी परिवारलाई सुरक्षित स्थानमा पुनर्वास गर्नुको विकल्प नभएको एक अध्ययनले देखाएको छ । गत साउन ११ गते ताम्कु-९ सिकिदिममा पहिरोमा परेर १३ जनाको मृत्यु भएको थियो । विस्थापित ६० परिवारलाई पुनर्वासको व्यवस्था भइसकेको छैन भने भदौको पहिलो साता बाला-८ दाङखिलामा पहिरोले १५ घर विस्थापित भएका छन् ।जिल्लाको उत्तरी क्षेत्रका यी गाविसमा बसोवास गदर्ैै आएका बासिन्दालाई सुरक्षित स्थानमा सार्न अध्ययन सुरु गरेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद गौतम बताउनुहुन्छ ।
बालाका ८ र ९ नम्बर वडा, सिसुवा, याफू र माङतेवा गाविसका सबै वडा पहिरोको खतरामा रहेको पहिरोपीडित क्षेत्रमा पुगेको सर्वपक्षीय समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । बाला गाविस सचिव नेत्रबहादुर श्रेष्ठ भन्नुहुन्छ- “यी परिवारलाई तत्काल सुरक्षित स्थानमा लान नसके कुनै पनि समय ठूलो अनिष्ट हुने देखिन्छ ।”सचिव श्रेष्ठका अनुसार बालामा ५६४ परिवार र सिसुवाखोला-२, ५ र ६ नम्बर वडाका ११५ परिवार जोखिममा छन् । यी परिवारका घरजग्गा पहिरोले चिराचिरा परे पनि उनीहरू त्यहीँ बसोवास गर्दै आएका छन् ।लामो खडेरीपछि पानी पर्दा जहाँसुकै पहिरो जान थालेको स्थानीय बासिन्दा बताउँछन् ।
गत वर्ष पहिरोले यी गाविसमा १५८ परिवार विस्थापित भएका थिए । उनीहरू घर छोडेर नजिकैका बारीमा अस्थायी कटेरा बनाएर बस्दै आएको माङतेवा-४ का छत्रजङ्गबहादुर कार्कीले बताउनुभयो । कार्कीका अनुसार ती परिवारलाई जिविस, गाविस, स्थानीय प्रशासन र इको हिमालको सहयोगमा विभिन्न स्थानमा पुनःस्थापना गरिएको थियो ।पहिरोको खतरा बढेपछि ११ सदस्यीय बाढीपहिरो अनुगमन समिति गठन गरिएको छ ।
उक्त समितिले अनुगमन गरेपछि पहिरोको खतरा सार्वजनिक भएको हो । अनुगमन समिति संयोजक कवानसेन राईका अनुसार यी गाविसमा रहेका विद्यालय, स्वास्थ्य चौकी, गाविस भवनसमेत खतरामा छन् ।समितिले पहिरोबाट मानवीय क्षति हुने देखिएको भन्दै वैकल्पिक पुनर्वासका लागि व्यवस्था गर्न सुझाव दिएको छ । समितिले त्यसका लागि आवश्यक कदम चाल्न प्रशासनलाई लिखित जानकारी गरायो । प्रशासनकार्यालयका अधिकृत मोहनमणि घिमिरे पहिरोको खतरा गृह मन्त्रालयको केन्द्रीय दैवीप्रकोप उद्धार समितिलाई जानकारी गराएको बताउनुहुन्छ ।
विजया दशमीका शुभकामनाहरु
September 9, 2009प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु, शेर बहादुर झैँ बेकामे नहुनु, सुर्य बहादुर झैँ सैतान नहुनु, ज्ञानेन्द्र झैँ लाचारि नहुनु, फोरम झैँ बिखण्डन कारी नहुनु, यहि छ मेरो भावना, गणतान्त्रिक नेपालको पहिलो विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना ।
अैयुॐअदोर्न सुते स्रियम दसरते सत्रुस्य एमरज्बे ऐस्वोगे नौसे गतिस्त पवने मानच्य दुर्योधने सवौरम शान्ता पने बलन्छ हलध्रे सत्यम्स्य कुन्ती सुते सत्ज्ञाने बिदुरे भबन्ती भवताम कृषिस्ट नारायणे ,,।।
दुर्गा दाहिने होउन मन्ले चितायको पुगोश दुर्दा माता ले रक्षा गरुन धन मान सम्मान ले बास होवस रोग सोक गरिबि नाश होस् सत्बुद्धी सत्कर्म ले भरियोश देश बिदेश मा रहनु हुने तपाईं तथा तपाईं को सम्पूर्ण परिवार लाई बिजया दशमी २०६६ शुभ कामना
।।,,
राम चन्द्र ज्ञवाली
तपाईहरुका पनि शुभकामना मन्तव्य भए लेखि पठाउनुहोस् ।
माया त बस्यो
September 9, 2009
योगेन्द्र
माया त बसों फेरी छुटनु
पर्दों होला किन ?
केही दिन टाडा हुदैमा
आसु झर्दो होला किन ?
चोखो माया लाऐ पनि
टाडा हदों होला किन ?
उनी लाई सम्झि यो मन
रुन्छ होला किन ?
तिम्रो समझानाले तड्पी-तड्पी मार्ने
मलाई किन ?
सुखा यी नयन हरुमा साउने
झरी चल्छ किन ?
यो मन सारइ खुसी छ
सपनीमा आइ दिदा किन ?
फेरी यो मन रोंए दिन्छ बिपनिमा
नआइ दिदा किन ?
योगेन्द्र जोगी
धुपू-१ लेब्रंग
संखुवासभा
परदेशिको माया, गोविन्द अिधकारी
September 9, 2009प्यारी मान्छे,
यो अनमोल जीवन को कहाली लाग्दो यात्रा मा एक्लै हिंड्ने आट छैन। त्यसैले तिम्रो शहयात्री बनेर हिंड्ने मेरो चाहना, आत्मा भित्र उब्जिएको सही सत्य लेख्दै छु नसम्झिनु यस्लाई बाहना, प्यारी मान्छे,मान्छेको मन भित्र यस्ता इच्छा अनी चाहना जन्मिदा रहेछन। जस्लाई चाहेर पनि बाहिर प्रस्फुटित गर्न नसकिने रहेछ। आज जीवन का २३ औ बसन्त मा पाइला टेक्दा सम्म मैले तिमी जस्तो निस्चल मन भएकी प्यारी मान्छे भेटेको थिएन। र आज सम्म मैले सोचेको पनि थियिन कि मेरो जीवन पनि कसैको सहयात्री बन्ने छ भनेर। शायद उमेर मा परिपक्वता न आएर पनि होला। या त मेरो भाग्य मा नजुरेको भएर पनि होला। नत मैले आज सम्म कसै को नाम मा कलम चलाएको थिए र न त चलाऊने नै छु। मेरो पहिलो अनी अन्तिम भन्न मिल्छ भने प्रेम पत्र तिम्रो नाममा। आन्तरिक मन बाट उब्जिएका इछ्या अनी चाहना लाई दुई शब्दमा कलम र कपीको शाहरा लिएर समेटेको छु। हुन सक्छ भने झर्को नमानी कन पढि देउ है। प्यारी मान्छे,मानब जीवनको यो अनन्त यात्रा मा जन्मे देखी मृत्यु सम्म बाँच्न का लागि कसैको साहरा चहिदो रहेछ। जन्म पस्चात बाल्याबस्था देखी लिएर किशोराबस्था सम्म आइ पुग्दा आमा बाबु को न्यानो काख र स्नेहको छ्हारी मा बित्दा रहेछन जिन्दगीका पल हरु। त्यस पछी तरुनाबस्था मा आइ पुग्दा जिन्दगी ले कोल्टे फेर्दो रहेछ। अनी मानिस् का मन मा अनेक तरहका इछ्या अनी आकान्छ्या का अंकुर हरु पलाउदा रहेछन। त्यस पछी आमा बाबु को माया र ममता लाई मन को एक कुना मा अलगै राखेर मन भरी अपरिचित मान्छे को माया सजाउने इक्छ्या जन्मदो रहेछ त्यसैले होला जुन दिन देखी मैले तिमी लाई देखे त्यसै दिन देखी तिम्रो चरित्र माथि मेरा नयन हरु लुका मरी खेलीरहन्थे। मलाई थाहै थिएन कि तिम्रो चरित्र अनी मिठो बोली बाचनले मेरो अन्तर आत्मा मा पौडी खेल्न थालेछन। तिम्रै बारेमा सोच्दा-सोच्दै दिन हरु बितन थाले। अनी आँखा हरु तिम्रै पर्खाइ मा टोलाउन थाले। शायद यसै लाई भन्छन होला माया। प्यारी मान्छे,कसैले कसैलाई माया गर्नु पाप त होइन नि? तर सोच्छु कतै मेरो सोचाइ गलत त हुने होइन। हुन त मलाई के थाहा कि तिम्रो मन मा म प्रती त्यस्तो सोचाइ छैन पनि होला। फेरी तिमी जस्ती सिल सोभाब भएकी मान्छे लाई माया गर्ने अरु पनि त हुन सक्छन नि। तर यो हुनै सक्दैन किन कि आज भन्दा अगाडि नत मेरो जीवन मा यो दिन आएको थियो न त मैले आफ्नो अन्तर आत्मा मा कसैलाई सजाएको थिए। सजाएको छु त केबल तिमीलाई बस। तिम्रो जीवन साथी बनेर जीवन बिताउने सुनौलो भबिस्य को सपना एदी यो धर्ती मा भगवान साछी छ भने अपुरो नहोला। हुन त म देखन मा तेत्ती राम्रो पनि छैन। न त म सँग धन सम्पत्ति नै छ। बस छ त केबल निस्छल माया ले भरिएको मन। प्यारी मान्छे तिम्रो मन को कुनामा थोरै ठाउँ बास मागेको छु। तिमीले गलत नसोचे मा म आफु लाई भाग्यमानी ठान्ने थिए। अन्त्य मा मलाई हेर्ने तिम्रा आँखा मा स्नेह का अंकुर हरु पालाउन् भनी भगवान सँग प्रार्थना गर्दै कलम बन्द गर्छु।
उही तिम्रो “प्यारो मान्छे”
परदेश बाट,
नेपाली एकता समाजका सदस्यको बिदाइ कार्यक्रम सम्पन
September 7, 2009
योगेन्द्र जोगी नीलाई,मलेसिया
नेपाली एकता समाजका एक सदस्य रन बहादुर श्रेष्ठ तिन बर्सको कार्य अबदि पूरा गरी वहा नेपाल फर्किनु भएको छ / श्रेष्ठले येस् नेपाली एकता समाज भित्र रहेर धेरै कार्यहरू सम्पादन गर्नु भएको थियो/ कार्यक्रममा नेपाली एकता समाजको सबै पदाअधीकरी हरुको सभागी रहेको थियो भने कार्यक्रमको संचालन रमेश श्रेष्ठले गर्नु भएको थियो। कार्यक्रमको सभापतित्व जिबलाल घिमिरेले गर्नु भएको यो/कार्यक्रममा गीतकार मिसन बी.क ले बिढाईको गीत गाएर कार्यक्रम लाई रमाईलो पार्नु भएको थियो साथै साहित्यकार अम्बिका लिम्बू ले बिधाईको कबिता बाचन गर्नु भएको थियो/
गजल, डेनि गुरुङ्ग
September 7, 2009
२ ४ कुरा गर्नु थियो तिमीसँग मैले पनि
तर तिमी एकान्त मा भेट्टिएनौ कहिले पनिकाक
खोजी रहन्छन यी आँखाँले तिमीलाई जहिले पनि
सयौ कोल्टो फेर्नु पर्छ एकै रात बिताउन
निद्रा कहाँ परेथ्यो र सम्झेर पहिले पनि
सकेर वा नसकेर चाहेर वा नचाहेर
प्रतिक्षा मा बसेको छु तिम्रो निम्ती अहिले पनि
मलेशिया बाट
Posted by केशब भोजपुरे
Posted by केशब भोजपुरे
Posted by केशब भोजपुरे