नितान्त एक्लो पनले धेरै दिन देखी विरह चलायो ।


नितान्त एक्लो पनले धेरै दिन देखी विरह चलायो । जीवन का उतार चढावहरुलाई स्मरण गरायो । धेरै सोचे जीवन को बारेमा, आखिर शुन्य नै लाग्यो । लगतार जीवन को कथाहरु बोकेर कलम दौडन सक्दैनन आजभोली । मन पनि यसै छिन्न भिन्न भा छ । शैली र  भाव बोकेर शब्दहरुको श्रिङ्गारिक अनुच्छेदहरुको रचना हुन छोडि सेकेको छ । धेरै गहकिल भाव बोक्ने मेरा शब्दहरु को शायद अब गर्भपतन नै भा’ होला । धेरै समय पछी फेरी आज ति कला र सिर्जनाको पुनर्निर्माण गर्न यिनै कापी र कलमको सहारामा अडिरहेको छु। म चाहन्छु, यिनै दुई को सहारामा अनन्त जीवन को यात्रामा सम्महीत हुनेछु जस्ले मलाई कहिल्यै धोका दिने छैन अनी न त जीवन को कुनै पनि पक्षको गलत मुल्याङ्कन नै गर्छ। सागर झै अनन्त जीवन को पूर्ण व्याख्या गर्न यिनै कापी र कलम सदैव अग्रसर रहुन। म चाहन्छु यिनिहरुले कहिल्यै धोका नदिउन। यिनिहरुको सिमाना नहोस् ।

कहिले कही म आफ्नो खुशी को लागि कर्तब्य पनि भुलिरहेको हुन्छु त कहिले खुशीहरु लुकाएर आफ्नो कर्तब्य प्रती उन्मुख हुन्छु तर विजय स्वार्थ कै हुन्छ। स्वार्थ भन्दा अलिकती टाढा गएर शायद मानव जीवन चल्न सक्दैन कि? किन हरेक मानव खुशी रहने उपाय खोज्छ? सम्भवत स्वार्थ बिन खुशी उपलब्ध हुँदैन होल। मैले मेरो चरम खुशी प्राप्त गर्न स्वर्थिपन लुलौनै पर्छ नत्र त्यो खुशी कहाँ मिल्छ र?

सुर्यको सुनौलो किरण धरतीमा झरिसक्दा म कुम्भकर्णको जस्तो निद्राबाट ब्युंझिएर सिरनी छेउ राखेको मोबाईलमा MISSCALL हेर्न आतुर हुन्छु। मेरो त्यही आश हुन्छ, तिम्रो misscall आईसकेको होस्। यती धेरै यादहरु रहेक छन उती नै माया हरु। अनौथो अनुभुती सँग कल्पनामा डुबाउछ। त्यो क्षण त्यो दिन अहो तिम्रै वारीपरी छु जस्तो आभस गरौछ। बिछत्त नमिथो लाग्छ, जब याधरु बल्झेर आउछन। यो मन ले हरेक कल्पना गर्छ अनी योजनहरु बनाउछ त्यो पनि स्वार्थ लुकाएर खुशी लुट्नेनै हुन्छ । नियन्त्रन गर्नु पर्छ एस्ता आवेगहरुलाई त्यो पनि राम्ररी नै थाहा छ । हुँदा हुँदै किन यती धेरै माया गर्छु म तिमीलाई? लगाम सँग को घोडा जसलाई मैले आज भन्दा केही पहिलेनै हरफहरुमा प्रस्तुत गरिसकेको थिए। संग्रहको  पन्डुलिपिमा अल्मलिरहेका ति हरफहरु सर्थक भएर पनि अझै म तिमीलाई  बेलगाम बनाएर सोख को लागि खेल मैदानमा निसन्कोच दौडन आग्रह गरिरहेको छु । अनैतीक योजनाहरु सँग  लाज पनि लाग्छ अनी रहर पनि। सम्झौतालाई अनैतीक पनि भन्न मिल्दैन तर मत प्रस्तुत गराइमा एक उदाहरण अर्को उदाहरणमा अपबाद बनिदिन्छ । जिन्दगी का फरक फरक पाटा यस्तै हुन, हर पाइलामा बाधा र अवरोधहरु छाती फुलाएर चुनौती दिए रहेको हुन्छ । संसार मा मानिसहरु कती प्रिथक प्रिथक पारीवेशमा संघर्स गरिरहेका हुन्छन । भाषा फरक सँस्क्रिती फरक छ  यध्यपी जीवन शैली एकदम अलग छ तर उदेश्य सम्भवत एउटै हुन्छ। चरम् शुख को अन्तिम बिन्दुमा पुग्ने आकांक्षा लिएर, सपनाहरु को गरुँगो भारी बोकेर, मान्छेले जिजिविशा पालेकै हुन्छ। सत्य र असत्य, पाप र धर्म सधैं पलना गर्न गार्हो पर्ने कुरा हुन। पाप गर्नेले कैले धर्म गर्छ सत्य बोल्नेले कैले असत्य पनि बोल्छ जुन समय र परिस्थिती अनुसार अाइपर्छ। कती फरक पर्दछ जिन्दगी मा मायाले । आपुरणिय क्षति पुर्याये को हृदयमा कहिले हरियाली बसन्त को आभास दिलाउछ त कहिले शुन्य शुन्य बनाइ दिन्छ। मनमा उमङ चलाइदिन्छ। फरक परिस्थिती बाट एक सम्यम्ताका साथ सहकार्य अलिकती बढाउछ।  निरन्तरता दिन गाह्रो पर्छ तर कहिले कुनै क्षण कसैको आँखा छल्नु कुनै गाह्रो छैन। सम्झौत सँग खुशी सट्न पाईन्छ भने जिन्दगी सँग किन द्वन्द गर्नु त्यसैले म परिस्थिती सँग सम्झौता गर्न चाहन्छु । विगत लाई पश्चाताप मा नफसाइ नयाँ चाहना को सिर्जना गरेर म एउटा बिसौनि को कुरा गरिरहेको छु । जिन्दगी को लक्ष सम्म को सहयात्रा  बिथोलेर थाकेको थप्लोमा आराम को महसुश दिलाउने को कुरा गरेको छु । हाम्रा सम्वाद जती लामो होस्, यि सबै एउटै शब्दले समेट्न  सक्छ म “माया” गर्छु । सच्छै माया गर्छु वस्तवमा यही मायाको बिस्त्रित नालिबेली नै सम्बाद मा सामेल भएका हुन्छन। नौलो देखिने रज्नैतीक क्रान्ति जस्तो यो हुँदैन । कुन्नी कस्ता पारीभस हुन्छ,यस्का को जो ईतिहास म पनि हुन्न न त सस्क्रिती मै समेटिन्छ।

9 Responses to नितान्त एक्लो पनले धेरै दिन देखी विरह चलायो ।

  1. palpali mgr-Tara says:

    la yo bhane bastabik saahity bhitra baata bagera mero manko pidh chhoeko yo lekh saachinai tapaiko rhidaeko raani laai samarpan hossssssssss

  2. hahaahh tara jee!! thanks for your comment!!!

  3. bikash says:

    sarai ramra lekh haru 6n sir.

  4. Jeevan kumar tamang says:

    ramro 6 aru pani lekhnu paryo keshav g

  5. anup says:

    ekdum ramro lekhan.

  6. Hari Pokhrel says:

    lekhai aati nai maan paryo. pachi pani naya naya kura padhna paun.

  7. Thanks alot for all readers and your comments!!

  8. sahara says:

    bastabik katha ramro lago

    Thanks Yawa!!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.

Join 197 other followers