Whats on your mind??

December 23, 2010

My Gajal

December 23, 2010


कसैको लागि जिन्दगी (केशब) – [2009-04-16]

http://www.sahityaghar.com/modules/detail.php?ID=4588&modID=6

कसैको लागि जिन्दगी देखिदिन सजिलो छ
कसैको लागि प्रित, मात्र लेखिदिन सजिलो छ

आँखा चिम्लेर संसारको सफर गर्नेहरुलाई
सिदाको सामल जस्तो पोखिदिन सजिलो छ

सारा सौगत मेरा, प्यारा सप्नाहरु विथोलेर
हृदयको चोखो माया जोखिदिन सजिलो छ

धुजा धुजा च्यातिएको मन के ले सिउने हो
अर्धाङग अन्तै बाँडे पछि सेखिदिन सजिलो छ

कामनाको दियो बाली पूजा गर्न नसक्नेलाई
अस्ताचलको दूर सतही रेखी दिन सजिलो छ

Keshav Bhojpure


Follow

Get every new post delivered to your Inbox.

Join 197 other followers