अनि म भएँ गोठाले गोविन्दबहादुर मल्ल गोठाले

February 5, 2012

‘त्यसको भाले’ कथाबाट मेरो साहित्यारम्भ भएको हो । त्यही कथाले नै मलाई आजको यो ‘गोठाले’ बनायो । त्योशारदा मासिकमा छापिने सुरसारमा थियो । प्रेसमा त्यसको ‘कम्पोज’ पनि भइसकेको थियो । यो प्रसङ्ग विसं १९९७ को हो । ठीक त्यसैबेला मलाई पक्रेर लगियो । त्यस समय प्रजा परष्िाद्ले पर्चा छरेको थियो । मैले पनि पर्चा छरेँ । र, मलाई समातेर लगियो । त्यस समय भवानी भिक्षुले शारदा हेर्नुहुन्थ्यो । उहाँले आशङ्का गर्नु भयो, “मेरो नाममै कथा छापियो भने म सरकारी चेपारोमा त पर्छु पर्छु,स् वयम् शारदा पनि पर्न सक्छ ।” तर, उहाँसँग त्यो कथा नछाप्नुको विकल्प पनि थिएन । त्यसैले भिक्षुले मेरो कथा पनि छापिने, शारदा को प्रकाशन पनिबच्ने नयाँ जुक्ति निकाल्नुभयो । फलतः उहाँले मेरो साहित्यिक न्वारान गरेर मलाई ‘गोठाले’ बनाइदिनु भयो ।
यद्यपि, मैले त्यस कथामा आफ्नो वास् तविक नाम गोविन्दबहादुर मल्ल नै लेखेको थिएँ । मलाई गोविन्दबहादुरबाट’गोठाले’ बनाउनुका पछाडि पनि भिक्षुको आफ्नै तर्क थियो । गोविन्द भनेको कृष्ण अर्थात् गोठालो । यसरी म गोविन्दबाट ‘गोठाले’ हुनपुगेँ । पछि गोविन्द ‘गोठाले’ लेख्न थालेँ । त्यहाँदेखि आजको कालखण्डबीचका ६७ हिउँद र वषर्ाहरू मैले निरन्तर नेपाली साहित्यको सेवामा बिताएँ । साहित्यको गोठालो गर्न सकेँ या सकिनँ,त्योचाहिँ पाठकको मूल्याङ्कनमा छाड्न चाहन्छु ।
त्यसबेलाका राणा प्रशासकहरूले करबि एक महिना मलाई सिंहदरबारमा तारखिमा झुलाए र खुब केरकार गरे । तर, कतैबाट मलाई दोषी सावित गर्न सकेनन् । आखिरमा मलाई तारखिमुक्त गर्न उनीहरू बाध्य भए । म त्यसबेला १८ वर्षको थिएँ, असल-खराब छुट्याउने भइसकेको थिएँ ।
मलाई साहित्यमा लाग्न आममानिसहरूलाई भन्दा सजिलो थियो । मेरा पिताजी ऋद्धिबहादुर मल्ल स् वयम् साहित्यप्रति ठूलो चाख र लगाव भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँले यही रुचिले राणा सरकारसँग स् वीकृति मागेर शारदा को प्रकाशन थाल्नुभएको थियो । त्यस सङ्कुचित र राणाहरूको एकमना जहानियाँ शासनमा पत्रिका निकाल्ने स् वीकृति पाउनु चानचुने कुरा थिएन । पिताजीले बकाइदा श्री ३ समक्ष ‘पत्रिका निकाल्न पाऊँ’ भनेर विन्तीपत्र हाल्नुभएको थियो । र, श्री३ ले पनि ‘पत्रिका निकाल्नू’ भन्ने हुकुमप्रमाङ्गी गरेकाले शारदा प्रकाशित हुनसकेको हो ।
पिताजी शारदा सँग गाँसिनुभएकाले त्यसबेला हामीकहाँ प्रसिद्ध साहित्यिक हस् तीहरूको बाक्लै आवतजावत हुन्थ्यो । यसबाहेक त्यसबेलासाहित्यकारहरूको जमघट हुने थलोको अभाव पनि थियो । आजजस् तो गोष्ठी र समारोह भन्ने नै कहाँ हुन्थ्यो र त्यतिखेर ! काठमाडौँ स् वयम् एउटा दुर्गम गाउँजस् तो थियो । आजजस् तो पत्रपत्रिकाहरूको घुइँचो त त्यसबेला कल्पनासम्म पनि हुँदैनथ्यो ।
आफूले हिँडेर आएको यात्राका धेरै मोडर घुम्तीहरू त विस् मृत भइसकेका छन् ।म सम्भिmन सक्तिनँ । तर, महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदन पहिलोपल्ट पिताजीलाई सुनाएको सम्झना आज पनि ताजै छ । मैले पिताजीको काखमा बसेर यो खण्डकाव्य श्रवण गरेको हुँ । यसरी धेरै साहित्यकारहरूका रचनाहरू प्रकाशनअघि नै सुन्ने अवसर पाएको छु मैले । देवकोटा त्यसबेला अनुवाद समितिमा हुनुहुन्थ्यो । सुकुलमा घोप्टो परेर ढाडले घाम ताप्दै एकोहोरो लेखिरहनुहुन्थ्यो । मभन्दा धेरै जेठो भएकाले उहाँसँग सामान्य कुराकानी मात्र हुन्थ्यो, त्यो पनि आक्कलझुक्कल मात्र । साहित्य र लेखनबारे कुनै कुरा हुँदैनथ्यो । समजीसँग पनि भेटघाट हुन्थ्यो । देवकोटाले मुनामदन बाहेक मेरा सारा कृति जलाइदिए हुन्छ भन्नुभएको थियो ।तर, म मुनामदन भन्दा पनि उहाँको ‘पागल’कवितालाई उच्चकोटिको ठान्छु । उहाँकोआत्मदेखि नै निःसृत भएको कविता हो यो । यो नेपाली साहित्यमध्येकै महान् रचना हो भन्ने मलाई लाग्छ । यो धेरैमाथिको कविता हो । यस कवितामा देवकोटाले आफ्नो जीवनलाई नै अभिव्यक्त गर्नुभएको छ । यो कविता पनि मैले पिताजीको काखमै बसेर पहिलोपल्ट देवकोटाको मुखबाटै सुन्ने सौभाग्य पाएको छु । उहाँलाई आफ्नै केही समकालीनहरूले पागल भनेको जोसमा देवकोटाले यो कालजयी कविता सिर्जना गर्नुभएको हो ।
तर, मैले कुनै कृति जोसमा लेखिनँ । म ढिलो र सोचेर लेख्ने मानिस । हतारमा कहिल्यै कुनै सिर्जना गरनिँ । मेरा कथा, उपन्यास, नाटकहरूमा आफूले त्यसबेला भोगेको समाज र परििस् थतिलाई मैले इमानदारीपूर्वक उतार्ने कोसिस गरेको छु । यसमा ‘गोठाले’ आफू कति र कुन रूपमा अभिव्यक्त भयो, म भन्न सक्तिनँ र त्यसलाई खासै महत्त्वपनि दिन्नँ ।
मुनामदन को कुरा देवकोटाले पनि यो कुनै मुडमा भन्नुभएको हुनसक्छ । उहाँबढो मुडी मान्छे हुनुहुन्थ्यो । मलाईआफ्ना हरेक कृतिहरू त्यतिकै पि्रय लाग्छन् । तर, म देवकोटाले जस् तो एउटाबाहेक आफ्ना सबै कृतिहरू जलाइदिएपनि हुन्छ भन्ने मान्यता राख्दिनँ । मलाई आफ्ना हरेक कृतिहरू आफ्नै रगतलेलेेखेजस् तो अनुभूति हुन्छ । मैले कस् तो लेखेँ, त्यसको मूल्याङ्कन भने म आफैँ गर्न चाहन्नँ, त्यसको अधिकार मेरा पाठकलाई छ । मैले आफ्नो सिर्जनशीलतालाई सदैव पाठकसामु परीक्षण गर्दै आएको छु ।
म देवकोटापछि सिद्धिचरण श्रेष्ठबाट सबैभन्दा बढी प्रभावित भएको छु । उहाँ पनि हामीकहाँ बरोबर आइरहनुहुन्थ्यो । यसबाहेक हिन्दी साहित्यले मलाई सर्वाधिक प्रभाव पारेको थियो । प्रेमचन्द र शरच्चन्दका कृतिहरू मेलै धेरैपटक दोहोर्‍याएर पढेको छु । त्यसबेला पढ्ने सामग्रीहरू पनि हिन्दीमा बाहेककेही हुँदैनथे । अहिले साहित्य धेरै माथि उठेको छ । प्रशस् त अवसर खुलेका छन् र थुप्रै सम्भावनाका ढोका उघ्रेका छन् । हाम्रो समयमा यस् तो अवसर कहाँ थियो र ? एउटा रचना प्रकाशनगर्न महिनौँ कुर्नुपथ्र्यो, शारदा बाहेक अर्को प्रकाशन थिएन । आजको साहित्य र यसका प्रकाशन संस् थाहरू जति नै विकसित र समुन्नत भए पनि यो शारदा कै निरन्तरता हो भन्ने मलाई लाग्छ । मलाई धैरेले धेरैपटक सोधेका छन्,”तपाईं ‘गोठाले’ नहुनुभएको भए के हुनुहुन्थ्यो ?” तर, म आजको पुस् तामै जन्मेको भए पनि लेखक नै हुने थिएँ । सायद म ‘गोठाले’ चाहिँ हुने थिइनँ कि !
मलाई ‘गोठाले’ बनाउने शारदा लामो विश्रामपछि पुनः प्रकाशनमा आएको छ । त्यसले आजको र भोलि आउने पुस् तालाई कैयौँ गोठालेहरू जन्माउन प्रेरणा दिनेछ भन्ने मैले अपेक्षा राखेको छु । तर, के हुन्छ, म यसै भन्न सक्तिनँ ।
मलाई अक्सर मानिसहरूले सोध्ने गर्छन्, “तपाईंका भाइ विजय मल्ल प्राज्ञ भए र लामो समयसम्म प्रज्ञा-प्रतिष्ठानमा संलग्न भए तर
तपाईंचाहिँ किन एकपल्ट पनि त्यहाँ जानुभएन ?” हो, मलाई पनि त्यहाँ जान मननलागेको होइन र मलाई पनि राखेको भए हुन्थ्यो भन्ने पनि नलागेको होइन । तर, कसैले मलाई नराखेपछि म आफ्नो इच्छाले त्यहाँ जाने कुरा पनि त भएन नि ! सायद एकै घरका दाजुभाइलाई राख्न अप्ठ्यारो भएर म छुटेँ होला । यसलाई मैले नियतिको कुरा भनेर चित्त बुझाउने गरेको छु । तथापि, मलाई पछिल्लो समय त्यहाँको मानार्थ सदस् यसम्म बनाइएको थियो । यसैमा चित्त बुझाएको छु ।
उमेरले ८५ नाघ्न लागेँ । विगत १० वर्षदेखि बुढौलीले गाँज्न थालेको अनुभव गर्दै आइरहेछु । कान पनि सुन्न छाडिसकेँ । शरीर शिथिल भएको छ, घरभित्रै पनि घुमफिर गर्न कठिन हुन्छ। हात काम्न थालेका छन्, लेख्न सक्तिनँ । दाहिने अङ्ग राम्रोसँग चल्दैन । एउटा हातले लट्ठी टेकेर घरैभित्र ओहोरदोहोर गर्छु । बाहिरफेरसाहित्यिक जमघटहरूमा नगएको पनि जुगै बित्यो जस् तो लाग्छ । धेरै पढ्थेँ म, हिजोआज त्यो पनि छुटेको छ । अब त सम्झने शक्ति पनि क्षीण हुन थालेको छ । सबैै घटनाहरू स् मृतिबाट विलीन हुन थालेका छन् । ईश्वरले यहाँसम्मको यात्रामा ल्याइपुर्‍याएको छ । बाँकी यात्रा कतिसम्म पार गर्न सक्छु, त्यो पनि उसैको कृपामा छ । जुन दिन मृत्यु हुन्छ, स् वभावतः त्यसै दिन यो यात्रापनि टुङ्गिन्छ ।
तर पनि म निराश भएको छैन कुनै क्षण । मलाई पक्का आशावादी भन्दा अन्यथा हुँदैन । यो चराचरसृष्टि, मैले पछाडि छाडेर आएको अतीतका अनुभवहरू आज पनि मलाई अतीव पि्रय र आत्मीय लाग्छन् । वास् तवमा तिनै स् मृति र अनुभवहरूले नै मलाई आजसम्म जीवित राखेका छन् भन्ने म सम्भिmन्छु ।
(रमण घिमिरेसँगको कुराकानीमा आधारित)


Follow

Get every new post delivered to your Inbox.

Join 197 other followers