पागल बस्ति र नौडाँडा

April 14, 2015

Source: Onlinekhavar.com

शरुभक्त

०६७ मङ्सिरको अन्तिम शनिबार । बिहानको समय । पोखराको महेन्द्रपुलस्थित दीपशिखा होटलको सभाकक्षमा मेरो उपन्यास ‘समय त्रासदी’माथि परिचर्चा कार्यक्रम आयोजना गरिएको थियो । साहित्यकार राजेन्द्र चाँपागाईं ‘आहत्’ को अध्यक्षतामा केही महिनाअगि मात्र ‘र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपाल’ जन्मेको थियो, जसले प्रत्येक महिनाको अन्तिम शनिबार कुनै न कुनै किताबमाथि यस्ता परिचर्चा आयोजना गरिरहन्थ्यो । गहन बौद्धिक विमर्शको कार्यक्रम हुने भएकाले र्‍यान्डमका कार्यक्रमहरुमा बौद्धिक लेखक, प्राध्यापक र बुद्धिजीवीहरुको उपस्थिति थोरैमा धेरै हुन्थ्यो ।
sarubhakta
यसपालि ‘समय त्रासदी’ को पालो परेको थियो । त्यसमाथि चेतभक्त सुवेदीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रको प्रस्तुतिपछि र्‍यान्डमको परम्पराअनुरुप प्रश्नोत्तर कार्यक्रम । जिज्ञासुका कति प्रश्न कार्यपत्र प्रस्तोतामाथि । कति प्रश्न लेखकको उपस्थिति भयो भने लेखकमाथि ।

म उपस्थित थिएँ । त्यसैले स्वाभाविक रुपले प्रश्नहरु ममाथि पनि गरिए । धेरैको जिज्ञासा ‘समय त्रासदी’ को लेखनसन्दर्भमाथि थियो । कति प्राध्यापकले मेरो समग्र औपन्यासिकताबारे पनि चर्चा गरे । चर्चाको क्रममा बहिनी क्षेत्र केसीले समय लिएर एउटा छोटो कथा नै भनिन्- “सरूभक्त दाइ, तपाईंं मलाई चिन्नुहुन्न । म पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा नर्सिङ अधिकृतको पदमा कार्यरत छु । यो ०५० सालको कुरा हो । त्यस दिन मेरो डयुटी नभए पनि एक जना परिचित बिरामी भेट्न म अस्पताल पुगेकी थिएँ । अस्पतालको इमरजेन्सीमा एउटी युवती रोइरहेकी थिइन् । उनको निधारको चोटमा तीन-चार टाँका लागेको थियो । मैले उनलाई रोएको देखी ‘के भयो बहिनी ? कहाँबाट आएकी ?’ भनेर सोधें । उनले भनिन्- ‘मेरो घर पूर्व पर्छ इलामतिर । म साथीहरुसित पोखरा घुम्न आएकी थिएँ । सरूभक्तको उपन्यास ‘पागलबस्ती’ को नौडाँडा भन्ने ठाउँ हेर्न जाँदा बाटोमा गाडी दुर्घटना भयो ।”

अप्रत्याशित रुपमा क्षेत्र केसीका मुखबाट यो मार्मिक कथा सुन्नुपर्दा म हतप्रभ भएँ । घटना २०५० को थियो तर २०६७ मा म के गर्न सक्थें ? मनमा लाग्यो, त्यो दुर्घटनाको खबर त्यही समय पाएको भए कति जाति हुन्थ्यो ! म अरु केही गर्न नसके पनि दुर्घटनामा परेकी बहिनीलाई भावनात्मक सहयोग र सेवा गर्न सक्थें ।

त्यसपछि मैले यो कथा कहिल्यै बिर्सन सकिनँ । सधैं मनले भनिरहृयो- ती युवती को थिइन् ? कस्तो मनले ‘पागलबस्ती’ को नौडाँडा हेर्न गएकी होलिन् ? दुर्घटनापछि कस्तो मन लिएर इलामतिर फर्किन् होला ?

विक्रमाब्द २०४८ मा ‘पागलबस्ती’ प्रकाशित भएपछि मेरा धेरै ज्ञातअज्ञात पाठकहरुले ‘पागलबस्ती’ र नौडाँडालाई पर्यायका रुपमा हेरेका छन् । पछिल्ला केही वर्षहरुमा मेरा कति पाठकहरुले भेटेर वा फोन गरेर ‘पागलबस्ती’ को नौडाँडा कहाँ पर्छ ?’ भनी सोधेका पनि छन् । अनि पागलबस्ती परिकल्पित बस्ती मात्र हो भन्ने जान्दाजान्दै कुनै संवेदनाद्वारा तानिएर नौडाँडा भ्रमण गरिरहेछन् र त्यहाँ साँच्चै नै पागलबस्ती थियो भन्ने अनुभूति गरिरहेछन् । परिकल्पित बस्तीलाई सत्य सम्झने पाठकहरुको यो गहन संवेदनाको मनोवैज्ञानिक अर्थ के हो ? मनोविज्ञहरु नै जानून् । मैले जानेको कुरा के हो भने जीवनको गहन अर्थबोध गर्न खोज्दा यथार्थ र परिकल्पनाका सीमा हराउँछन् । मानिसको जीवनमा कति यथार्थ परिकल्पनाजस्ता लाग्छन्, कति परिकल्पना यथार्थजस्ता । जीवनमा कति यथार्थ र परिकल्पना भिन्न लाग्छन्, कति यथार्थ र परिकल्पना समान लाग्छन् । सायद जीवन यथार्थ र परिकल्पनाभन्दा महान् छ । त्यसैले हामी कहिले यथार्थमा परिकल्पना बाँच्छौं, कहिले परिकल्पनामा यथार्थ बाँच्छौं ।
Saru-bHakta
संवत् २०४८ मा ‘पागलबस्ती’ प्रकाशित भएपछि म लामो समयसम्म नौडाँडा गइनँ । कहिलेकाहीँ कार्यवश कुस्मा, बागलुङ वा अरु गाउँतिर जाँदा नौडाँडालाई मैले गाडीबाट देखें मात्र । एकपल्ट मलाई रहर लाग्यो- एउटा क्यामेरा बोकेर वा कुनै व्यावसायिक क्यामेरा म्यान लिएर नौडाँडा जाउँ अनि पागलबस्ती बसाइएको ठाउँको फोटो खिचेर उक्त उपन्यासको आगामी संस्करणको आवरणमा प्रयोग गरुँ । तर मेरो यो रहर सधैं रहरमै सीमित रहृयो । ‘पागलबस्ती’ बारे नौडाँडावासी के सोचिरहेका छन्, तिनले मेरो यो उपन्यास पढेका पनि छन् कि छैनन्- मैले कहिल्यै जान्न पाइनँ । साँच्चै भनुँ भने मैले जान्ने प्रयासै गरिनँ ।

संवत् २०५३ मा ‘संरक्षण कविता यात्रा’ सुरू भयो, २०५५ मा ‘संरक्षण कविता आन्दोलन’ । मैले संरक्षण कविता आन्दोलनको कार्यक्रम नौडाँडा र वीरेठाँटीमा राख्नु आवश्यकता सम्झेँ । २०५७ असार २९ गते आन्दोलनका केही कविहरुसित म नौडाँडा पुगें ।

‘पागलबस्ती’ रचना गरिएको समयमा नौडाँडा बजार असाध्य सुन्दर लागेको थियो । लजहरुमा पर्यटकहरु भरिभराउ हुन्थे । माथि मुस्ताङतिरबाट आएका घोडा-खच्चरहरुका कल्याङमल्याङ पनि सुनिन्थे । पोखराबाट तल्लो हेमजा, माथिल्लो हेमजा हुँदै सुइँखेतको फाँट छिचोले पनि नौडाँडा पुग्न लेवादेको उकालो चढ्नुपथ्र्याे । मलाई यो उकालो रमाइलो लाग्थ्यो । नौडाँडा बजार पनि व्यवस्थित थियो । बाटोमा ढुङ्गा बिछयाइएका थिए । बजारको बाटो हिँडेपछि ढिकुरपोखरीको एउटा मनोरम ढुङ्ग्यानी उकालो आउँथ्यो । म ढुङ्गेघरको पिँढीमा थकाइ मार्दै परको फेवाताल र पागलबस्ती प्रदेश हेर्न मन पराउँथें ।

यसपालि नौडाँडा पुग्दा भने नौडाँडा बजार सुन्दर होइन, उजाड लाग्यो । पुराना लजहरु गायब थिए । केही घरमा लजका बोर्ड झुन्डयाइएका थिए तर पाहुना थिएनन् । लाग्थ्यो, पुरानो नौडाँडा बजार पागलबस्तीझैँ बिस्तारै अवशेषमा परिणत हुँदैछ ।

यो उजाडताको प्रत्यक्ष कारण थियो । नौडाँडा बजारपछाडिबाट गएको पोखरा-बागलुङ राजमार्ग । यस्ता राजमार्गहरुले हाम्रा गाउँघरमा कति नयाँ बजार बसेका छन् भने कति पुराना बजार उजाडिएका छन् ।

हामी आन्दोलनका कविहरु सुनसान नौडाँडा बजारको एउटा पुरानो लजमा वास बस्यौं, जुन लामो समयदेखि पाहुनाविहीन थियो । असारको महिना, पहिलेदेखि नै पानी सिमसिमाइरहेको थियो । हामीले लजमा खुट्टो टेकेपछि सिमसिमाइरहेको पानीले तेज गति पक्रियो ।

मुसलधारे वषर्ा । कतै घुम्न जाने कुनै सम्भावना रहेन । हामी कविहरु साँझदेखि अबेर रातिसम्म कविता र अन्य साहित्यका विविध पक्षमाथि विचारविमर्श गरी बसिरहृयौं ।

रातभर परेको मुसलधारे वर्षाले भोलिपल्ट सुन्दर बिहानी जन्मायो । कविहरु लजमा चिया पिएर नौडाँडावरिपरि छरिए- कविता खोज्न, कविता रच्न । त्यसै दिन मध्याहृनमा स्थानीय मर्निङ स्टार विद्यालयमा आन्दोलन कविता गोष्ठी राखिएको थियो । यस कार्यक्रमका लागि मैले उक्त विद्यालयका संस्थापक एवम् प्राचार्य फणीन्द्र अधिकारीसित पहिले नै कुरा मिलाइसकेको थिएँ ।

आन्दोलनका कविहरु को, कता लागे मैले याद गरिनँ । म भने सरासर नौडाँडा बजारबाट राजमार्गतर्फ ओर्लें । एक ठाउँमा ‘नाउडाँडा’ लेखिएको बोर्ड देखें । यो नौडाँडाको वास्तविक नाम हो वा परिवर्तित, संशोधित- मैले जानिनँ तर सधैं नौडाँडा मानिएको ठाउँलाई ‘नाउडाँडा’ मान्न मेरो मनले रूचाएन ।

नौडाँडा बजारमुन्तिर पोखरा-बागलुङ राजमार्ग सोझो र सुन्दर देखिन्थ्यो । छेउपट्टि रुखको हरियालीले राजमार्गको सुन्दरता वृद्धि गरेको थियो । अनायाश मैले आˆनो दृष्टि पागलबस्ती बसाइएको ठाउँमा पुर्‍याएँ । पर फेवातालको सिरानमा विस्तारित त्यो खाल्टो परेको ठाउँ आˆनो विशिष्ट भूबनोटले मनमोहन देखियो । मलाई त्यो मनमोहक दृश्यमा हराइरहुँ वा कतै बसेर कविता लेखुँ- दोधार भयो । अन्ततोगत्वा कर्तव्यले तान्यो । म उपन्यासकार मनले होइन, कवि मनले माथिपट्टिको नौडाँडा बजार हेर्दै कविता खोज्न थालें । बिम्बहरु टिप्न थालें ।

बिहान भोजन गर्ने बेलामा हामी कविहरुले एकअर्कालाई भेटयौं । लेखिएका कविताबारे कुरा गर्‍यौं र भोजन गर्‍यौं । अनि झोला बोकी लजबाट बिदा भएर विद्यालयतर्फ लाग्यौं । विद्यालयमा कार्यक्रम सम्पन्न गरी त्यसै दिन अर्काे दिनको कार्यक्रमका लागि वीरेठाँटी पुग्नु थियो हामीलाई ।

मर्निङ स्कुल पुग्दा फणीन्द्र सरलगायत अन्य शिक्षक-विद्यार्थीहरुले हामीलाई हार्दिकतापूर्ण स्वागत गरे । विद्यालयको चउरमा संरक्षण कविता आन्दोलनको कविता गोष्ठी आरम्भ भयो । त्यस कार्यक्रममा विद्यालयका शिक्षक-विद्यार्थीबाहेक केही नौडाँडावासीहरुको पनि उपस्थिति रहृयो । असारको रोपाइँ, व्यस्त महिना, सबैको उपस्थिति सम्भव थिएन ।

आन्दोलन कविता गोष्ठी सफलतापूर्वक सम्पन्न भयो । हामी विद्यालयमा खाजा खाएर बिदा भयौं । केही शिक्षकहरु हामीलाई बिदा गर्न तल राजमार्गसम्म आए ।

विद्यालयबाट राजमार्गसम्मको छोटो हिँडाइमा एक जना रैथाने शिक्षकले कुरा झिके- ‘सरूभक्त दाइ, तपाईंं ठीक समयमा नौडाँडा आउनुभयो । अलि अगाडि आउनुभएको भए तपाईंंलाई अप्ठयारो पर्न सक्थ्यो ।’

‘किन र भाइ ?’ आश्चर्य मानी मैले सोधें ।

‘त्यस्तै कुरा थियो… ,’ उनी बोल्दाबोल्दै अन्कनाए । कुरा खोल्न चाहेनन् ।

‘भन्नु न, अप्ठयारो मान्नु पर्दैन… ।’ मैले उनलाई प्रोत्साहित गरें । कुनै विशेष कुरा होला भनी म अलि अधीर पनि थिएँ । अरु शिक्षक र कविहरुले पनि उनलाई उत्साहित पारे ।

‘तपाईंंको पागलबस्ती छापिएपछि त्यसबेला यहाँका युवाहरु तपाईंंसित असाध्यै रिसाएका थिए ।’ शिक्षकले कुरा खोले ।

‘किन र ?’ मैले सोधें ।

‘नौडाँडामा पागलबस्ती बसाएर यो ठाउँकै बेइज्जती भयो भनेर… ,’ शिक्षकले भने ।

‘बेइज्जत गर्‍यो भनेर रे ? मैले त असाध्यै मन परेर पो यो ठाउँमा पागलबस्ती बसाएको थिएँ ।’ मैले वास्तविकता खोलें ।

‘त्यो तपाईंंको भावना होला तर त्यस बेलाका युवाहरुले बेइज्जती नै महसुस गरे । त्यस बेला तपाईंं आउनुभएको भए तपाईंंलाई कालो मोसो दल्ने योजना थियो ।’ ती शिक्षकले अन्तिम कुरा खोले ।

‘ए, हो र ? यस्तो योजना थाहा पाएको भए म त्यसैबेला आइहाल्थें नि ।’ मैले सबैलाई मुखैले हँसाउँदै भनें तर मन हाँसेन । हामी शिक्षकहरुसित बिदा लिई बागलुङ जाने बसमा सवार भयौं ।

‘कालो मोसो दल्ने योजना !’ मैले नौडाँडा, वीरेठाँटीको त्यो यात्राबाट र्फकेपछि धेरै दिनसम्म सम्झिरहें । मलाई पागलबस्ती नौडाँडामा बसाएको अभियोगमा कालो मोसो दल्न चाहने त्यस बेलाका युवाहरु कोको थिए होलान् ? अहिले तिनीहरु के सोच्तै होलान् ? मनमा खसखस लागिरहृयो । त्यसपछि पनि म एक-दुईपल्ट नौडाँडा पुगें तर पागलबस्तीका सन्दर्भमा कसैसित केही कुरा भएन ।

२०६५ साल । एक दिन ढिकुरपोखरीका युवा साहित्यकार रामचन्द्र अधिकारीले मलाई ‘साहित्यिक चौतारी’, ढिकुरपोखरीको तर्फबाट कार्यक्रममा ‘प्रमुख अतिथि’ बन्ने निम्ता दिए । मैले सहर्ष स्वीकार गर्दै भनें- ‘ढिकुरपोखरीको नौडाँडासित मेरो पहिलेदेखिको सम्बन्ध छ नि, थाहा छ कि छैन ?’

उनी थाहा पाएकै अन्दाजमा हाँसे । तोकिएको दिन बिहान हरिचोकमा जम्मा भई पोखराका तीन-चार दर्जन साहित्यकारहरुका साथ म नौडाँडातर्फ लागें, रिजर्भ बसमा सवार भएर । बस ढिकुरपोखरी गा.वि.स. भवनछेउ अडियो । हामी सभाकक्षतर्फ लाग्यौं ।

साहित्यिक चौतारीको कार्यक्रम आरम्भ भयो । मैले कार्यक्रममा उक्त संस्थाद्वारा प्रकाशित ‘बिसौनी’ पत्रिकाको लघुकथा विशेषाङ्क विमोचन गरें । त्यसपछि लघुकथा वाचन र मन्तव्यको क्रम चल्यो । कार्यक्रमको अन्तमा मेरो पालो आयो । मलाई महसुस भयो- कार्यक्रममा नौडाँडा र ढिकुरपोखरीका गण्यमान्य र अरु धेरै व्यक्तिहरुको उपस्थिति छ । त्यसैले मैले मौकाको सदुपयोग गर्दै पागलबस्तीबारे नमागिएको स्पष्टीकरण दिनुपर्छ । परिकल्पित पागलबस्ती क्षेत्रमा पागलबस्तीबारे बोल्न यसभन्दा उपयुक्त समय अरु के हुन सक्छ ?

मैले मन्तव्यको प्रारम्भमै यस क्षेत्रमा आˆना थोरै तर अविस्मणीय भ्रमणहरुको चर्चा गर्दै नौडाँडा बजारमा पहिलोपल्ट वास बस्ता कसरी ‘पागलबस्ती’ रचना गर्ने प्रेरणा प्राप्त भयो भन्ने यथार्थ सुनाएँ । साथै यो प्रेरणाका लागि नौडाँडाप्रति आभार प्रकट गर्दै भनें- ‘मलाई यो ठाउँ मन परेर यहाँ पागलबस्ती बसाएको हुँ । त्यसैले मलाई विश्वास छ, जजसले पागलबस्ती मन पराउनेछन्, तिनले नौडाँडालाई पनि मन पराउनेछन् ।

कार्यक्रमको समाप्तिपछि मलाई लाग्यो, नौडाँडाले मेरो कुराको मर्म बुझ्यो । मप्रति आत्मीयता प्रकट गर्दै केहीले भने- तपाईंले गर्दा हाम्रो ठाउँको चर्चा भएको छ । हामीलाई त खुसी लागेको छ ।

म धन्य भएँ । लाग्यो, अब मैले कसैलाई स्पष्टीकरण दिनु पर्दैन । नौडाँडा भन्दा मानिसहरु ‘पागलबस्ती’ सम्झनेछन्, ‘पागलबस्ती’ भन्दा मानिसहरुले नौडाँडा सम्झनेछन् । समयको गतिसँगसँगै यो सम्झनेहरुकोे सङ्ख्या बढ्दै जानेछ, बढ्दै जानेछ ।

– See more at: http://www.onlinekhabar.com/2015/04/265590/#sthash.wwHQxV4a.dpuf

Advertisements

मोबाइलको कुरा

April 4, 2015

Here are some codes you can dial into the phone app that will access hidden information and menus in the iPhone:

  • *#06# – Displays IMEI
  • *3001#12345#* + “Call” – Accesses a hidden Field Test menu
  • *#43# + “Call” – Displays call waiting status
  • *43# + “Call” – Enables call waiting
  • #43# + “Call” – Disables call waiting
  • *#21# – Displays call forwarding status
  • ##002# + “Call” – Disables all call forwarding
  • *33*pin# – Enables call barring
  • #33*pin# – Disables call barring
  • #31#phone-number + “Call” – Blocks caller ID for the current phone call
  • *3370# + “Call” – Enables “Enhanced Full Rate” and improves voice quality on GSM networks (may impact battery life)
  • *#5005*7672# + “Call” – Displays your carrier’s message center phone number

एमाओवादीसँग आँखा माग्दै गोपालप्रसाद

March 29, 2015

श्रोत: setopati.com

माओवादी कार्यकर्ताद्वारा तेजाव छर्केर दुवै आँखाको ज्योति गुमाउन विवश रुकुम खोलागाउँ–९ का गोपालप्रसाद शर्मा यतिबेला श्रीमती विष्णुको सहारामा आँखाको उपचारार्थ कहिले काठमाडाँै त कहिले नेपालगन्ज र रुकुम गर्दैमा दिन बिताइरहेका छन् ।

विसं २०५५ मा फरक आस्था राखेको भन्दै गोपालप्रसादलाई गाउँकै माओवादी कार्यकर्ताले ज्यान लिने उद्देश्यले आक्रमण गरेका थिए । माओवादीले उनका दुवै आँखामा तेजाव छर्कंदा आँखाका ज्योति गुमेको श्रीमती विष्णुले बताइन्।
घरमा रहेका नाबालक छोराछोरीको हेरचाह गर्ने उमेरमा पतिको हेरचाह गर्नुपर्ने अवस्था आएको गहभरी आँसु झार्दै उनले भनिन्। ५४ वर्षीय गोपालप्रसाद पूर्णरुपमा आँखा देख्दैनन्।
विसं २०५५ पुस महिनाको एक साँझ खाना खाएर सुत्ने तयारी गरिरहेका शर्मालाई बास पाइन्छ की भन्दै पाहुना बनेर आएका माओवादी कार्यकर्ताले आँखामा तेजाव र मट्टितेल छर्केर आगो लगाएको घटना सम्झँदा उनलाई अहिले पनि सपनाजस्तो लाग्दछ।
त्यतिबेला शर्मा भागेर बाँच्न त सफल भए। त्यतिले पनि नपुगेर माओवादी कार्यकर्ताले उनको परिवारलाई गाउँ निकाला गरी कब्जा गरेको घर जग्गासमेत अहिलेसम्म पनि फिर्ता नगरेको उनले सुनाए।
नेपाली काँग्रेसका तर्फबाट गाविस अध्यक्ष बनेका शर्मा अहिले नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि छन् । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला प्राप्त उपचार खर्चबाहेक राज्यबाट अन्य कुनै सहयोग नपाएको उनको दुखेसो छ ।
शर्मा भन्छन्– विगतमा त जे भयो भयो अब सबैले उचित राहत, न्याय र परिपूरण पाउने बेला हामी आफ्नो घर गृहस्थी आफँै कमाउन पाए हुन्थ्यो।
घाइते पतिको बैशाखी बनेर हिँड्न विवश विष्णुको पतिको उपचार र घरजग्गा फिर्ताको सम्बन्धमा जिल्ला स्थित राजनीतिक दल र सरोकारवाला भने मुकदर्शक बनेको  गुनासो छ।
तेह्र वर्षसम्म उपचारको खोजीमा भौतारिँदा पनि उपचार नपाएकामा भने शर्मा निकै खिन्न छन्। रासस

प्रकाशित मिति: शनिबार, चैत्र १४, २०७१ १५:०४:०७

 


आज रमिता छ !! इन्द्र बहादुर राइ

March 28, 2015

काठमाडौ, चैत्र १३ – अघि आँखाले दुःख नदिँदा इन्द्रबहादुर राई पढेर-लेखेर धेरै समय बिताउँथे । अचेल त्यो सब बन्द । उनको दायाँ आँखाबाट सधैं एकनासले आँसु बगिरहन्छ । कहिलेकाहीं ड्याम्म ढाक्छ अघिल्तिरका दृश्य । जसरी भुईं कुहिरोले ढाक्छ तराईका फाँटहरू । अहिले उनलाई कसैले बढी नै सताइरहेको छ भने त्यो आँखा हो । ‘समस्या बिस्तारै बढ्दै थियो,’ नेपाली साहित्यका हस्तीलाई यतिबेला लाग्यो, ‘बेलैमा याद गरिएन । अहिले धेरै दुःख पाइरहेको छु ।’

आँखाकै कारण उनी बोलाइएका कति साहित्य सम्मेलनहरूमा जान असमर्थ छन् । ‘नजिकै हो र सजिलै आउन जान सकिने हो भने पुगी पनि हाल्छु’, उनले बाध्यता सुनाए, ‘तर, त्यहाँ गएर ४ घन्टा बस्नुपर्ने हो भनेचाहिँ आउँदिनँ नै भन्दिन्छु । नेपालबाट पनि प्रशस्तै बोलावट हुन्छ । टाढा छ, जाने आँटै हराइसक्यो ।’

हिउँदे चिसो छल्न बर्सेनि इन्द्रबहादुर श्रीमतीसहित सिलगढी नजिकको सुकुना र्झछन् । सुकुनाको मेथीबारीमा एउटा सानो घर छ । गर्मी चढ्न थालेपछि पहाड अर्थात् दार्जिलिङ उक्लन्छन् । पहाड उक्लने र मधेस झर्ने क्रम चलेको वर्षौं बितिसक्यो । ‘चिसोमा दार्जिलिङमा बस्नै सक्दैनौं,’ उनले बुढ्यौली बाध्यता सुनाए, ‘गर्मी चढेपछि सिलगढीमा सकिदैन ।’

मधेसतिर गर्मीको राप बढ्दै गर्दा यिनको पहाड उक्लने समय सुरु हुन्छ । तर, अहिले आँखा उपचारका लागि थप १५ दिन सुकुनामै बिताउनुपर्ने बाध्यता छ । ‘आँखा उपचारमा नेपालको ख्याति सुनेको छु,’ इन्द्रबहादुरले भने, ‘नेपालमा उपचार गर्न मन हुँदाहुँदै मेरा लागि सहज छैन ।’ आँखाका कारण लेख-पढ गर्न नसक्दा घरअगाडिका फूलहरूमा पानी हालेर यिनले दैनिकी टुंग्याउँछन् । ‘हामीले जानेकै के छौं र ?’ निराशा भावमा उनी भन्छन्, ‘पढ्न, लेख्न र फूलहरूमा पानी हाल्न त हो । अरू के नै पो जानेका छौं र ?’

…..

नेपाली साहित्यमा समय-समयमा विभिन्न खाले आयामहरू देखिए । दार्जिलिङ भारतबाट सुरु तेस्रो आयाम र लीलालेखनजस्ता आयामहरूका कमान्डर यिनै इन्द्रबहादुर हुन् ।

सन् १९६३ ताका समालोचक गणेशबहादुर प्रसाईंले दार्जिलिङमा भेट गराइदिएका थिए- बैरागी काइँला, इन्द्रबहादुर राई र ईश्वरवल्लभको । यी तीन हस्तीबीचको भेटबाटै तेस्रो आयाम जन्मियो । २० को दशकमा यसले नेपाली साहित्यमा एउटा ठूलो आन्दोलनको रूप लियो । तेस्रो आयामको उद्देश्य लेखाइमा लम्बाइ, चौडाइ, मोटाइ र गहनता हुनुपर्छ भन्ने थियो । बैरागी काइँलाको सम्पादकत्वमा ‘तेस्रो आयाम’ पत्रिकै निस्कियो । काइँलाको चर्चित कविता ‘मध्यरातपछिको सडकसित मातेको मान्छेको भाषण’ तेस्रो आयाम शैलीबाट लेखिएको थियो ।

तेस्रो आयाम चर्चामै थियो । इन्द्रबहादुरले यसलाई आधा बाटोमै छाडे । अनि अर्को आयामतिर लागे । जसको नाम थियो- लीलालेखन । कतिपयले इन्द्रबहादुरकै कारण तेस्रो आयाम धरापमा परेको आरोप पनि लगाउने गरेका छन् । उनले बीचैमा छाड्दिनाले तेस्रो आयाम हुर्कन पाएन । यिनको यो साहित्यिक अभियानलाई कृष्ण धरावासी, रत्नमणि नेपाल, कृष्ण बराललगायतको साथ छ । लीलालेखनले नेपाली साहित्यमा लेख्नका लागि नयाँ विषयवस्तु दिन सकेको छ जस्तो लाग्छ इन्द्र्रबहादुरलाई ।

नेपाली साहित्यका ‘बाघ’ लाई आफ्नो जीवन पछाडि फर्किएर हेर्दा यतिबेला आफ्नै उपन्यासजस्तो लाग्छ- ‘आज रमिता छ ।’ ‘फर्किएर हेर्दा त्यो सम्झना मात्रै फर्केर हेरेजस्तो हुन्छ,’ उनी नोस्टाल्जिक बन्छन् । ‘वास्तवमा सम्झनाले झुक्याउँदो रहेछ । जब सम्झना गरेर आफ्नो विगतलाई हेर्छौं, साँचो रूपमा जस्तो थियो यथावत् त्यो विगत सम्झन सक्दैनौं । बाबुआमालाई सम्झँदै पनि । बाबुआमाले साह्रै माया पनि उस्तै सम्झिदैनौं । बाबुआमासँग बाँच्दा हुँदा डर ज्यादा, अहिले माया ज्यादा,’ उनलाई लाग्छ, ‘यसरी सम्झनाले पनि झुक्याउँदो रहेछ ।’

१९८४ माघ १७ मा दार्जिलिङको बालासन खोलाको बगरमा जन्मिएका इन्द्रबहादुर अंग्रेजी साहित्यमा डिग्री गरेपछि प्राध्यापनमा लागे । त्यही बखत सन् १९६१ मा उनको पहिलो कृति ‘विपना कतिपय’ प्रकाशित भयो । सन् १९५८ मै लेखिसिध्याएको उपन्यास ‘आज रमिता छ’ १९६४ मा मात्रै प्रकाशित भयो ।

‘सन् १९५० ताका भारतबाट अंग्रेज साम्राज्यवादीले बिदा लिएको समय । त्यसबेला उनीहरू गए, अब छैनन् भन्ने सोचियो । तर, तिनीहरूको ठाउँमा ‘देशी साम्राज्यवादी’ ले किला गाडिसकेको थियो । विदेशी गए, तर देशीले त्यो ठाउँ लिएर बसे । हाम्रो संघर्ष त रह्यो नै,’ इन्द्रबहादुरले थपे, ‘त्यही संघर्षको कथा आज रमिता छ बन्यो ।’

उत्तर उपनिवेशवादी नेपाली साहित्य अध्ययन गर्नुपर्‍यो भने सबभन्दा पहिले पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ पढ्नुपर्ने लाग्छ यिनलाई । त्यसमा एउटा वाक्य थियो- ‘दक्षिणको मित्र -त्यसबेला बि्रटिस) सँग गाहा अर्थात् मित्रता त राख्नुपर्छ तर त्यो महाचतुर छ ।’ यिनलाई लाग्छ, यहींबाट सुरु हुनुपर्छ उत्तर उपनिवेशवादी साहित्य लेखन ।

नेपालको राजनीतिप्रति खास टिप्पणी गर्ने मन छैन यिनलाई । ‘उता -नेपाल) को राजनीतिमाथि अलिकति बोल्न हामी डरले काप्नैपर्छ,’ इन्द्रबहादुरले भने, ‘राम्ररी नबुझेको कुरामा मुख खोल्नु अलि हच्कन्छौं हामी, हच्कनु पनि पर्छ ।’

उनको मनमा एउटा प्रश्न छ- भारतमा प्रकाशित अंग्रेजी, हिन्दी जुनै भाषाका पत्रपत्रिका पुस्तक खुला रूपले नेपालमा पुग्छन् । बिक्री वितरण हुन्छन्, पढिन्छन् । तर, भारतमा नेपालका पत्रिकाहरू पुग्दैनन् । किन हो ? नेपालमा प्रकाशित नेपाली भाषाका पत्रपत्रिका भारतमा रोकावट ? सन् १९५० सालमा भारत र नेपालीबीच मैत्री सन्धि भएको छ । यसले ‘रेसिप्रोकल बेनिफिट’ अर्थात् जति सुविधा भारतले पाउँछ नेपालमा, नेपालका प्रकाशनहरूले भारतमा उत्ति नै सुविधा पाउनुपर्छ भनी लेखिएको छ । तर खै त ?

नेपाल गएका बखत इन्द्रबहादुरले प्रज्ञा प्रतिष्ठान यो कुरा भने । ‘मदन पुरस्कार गुठीसँग पनि कुरा उठाइयो बोल्नोस् न तपाईंहरू । त्रिभुवन विश्वविद्यालयसँग पनि कुरा राखियो भएन । दिल्लीस्थित नेपाली दूतावासका अधिकारीसँग पनि धेरैपटक कुरा भयो । तर, खुलेको छैन बाटो । पढ्नै पाउँदैनौं नेपालबारे । केही जान्दैनौं । बुझेको पढेको भए पो जान्नु,’ अन्त्यमा उनी हैरानीको मूडमा देखिए ।

प्रकाशित मिति: २०७१ चैत्र १३ ०१:२२ ekantipur.com

 


डा.बाबुराम भट्टराई

March 27, 2015

जनयुद्धपछिको पहिलो संविधानसभामा सबभन्दा ठूलो पार्टीको रुपमा आइसकेपछि सरकारको नेतृत्व गर्ने अवसर पनि पाएपछि हामीले ‘निरन्तर क्रान्तिको ’ सिद्धान्त बिर्सिएर क्रान्ति पूरा भइसक्यो, अब मिलीजुली खाने हो भन्नेतिर हामी लाग्यौं ।

Baburam-Bhattarai

जो सरकारमा गयो र विभिन्न ओहोदामा पुग्नेहरुले पाएको बेलामा अलिकति लप्टाइहालौं भन्नेतिर लागे, सरकारमा नजाने र विभिन्न ओहोदामा नपुग्नेले अर्काले खायो मैले पाइनँ भनेर ठुस्केर बस्ने काम भयो । यसरी हामी आफैमा आफ्नै सिद्धान्त र आदर्श बिर्सेर क्रान्ति पूरा भएकोजस्तो जुन खालको दम्भ प्रदर्शन गर्न थाल्यौं, त्यसले पार्टीभित्र विवादहरु पैदा गरायो । र, पार्टीमा विभाजन आयो । पार्टी फूटको चुरो कारण भनेको निरन्तर क्रान्तिको सिद्धान्तलाई बिर्सनु हो ।

क्रान्ति साम्यवादसम्म नपुगेसम्म सिद्धिदैन । हामी यो बाटोमा सचेत ढंगले लागेको हो । मान्छेले मान्छेमाथि गर्ने सबैखाले शोषण, उत्पीडनको अन्त्य गरेर एउटा समतामूलक समाज निर्माण गर्ने अभियानको अभियन्ता हामी हौं ।

तसर्थ, यहाँ बुझ्न के जरुरी छ भने शान्ति प्रक्रियामा हामी आएको भए पनि क्रान्ति सिद्धिएको छैन, साम्यवादसम्म नपुगेसम्म क्रान्ति जारी राख्नुपर्दछ । हिजोको क्रान्तिबाट प्राप्त उपलब्धिहरु गुम्ने अहिले गम्भीर खतराहरु पैदा भइराखेको छ, त्यसलाई जोगाएर निरन्तर अगाडि बढ्नका निम्ति तयार रहनै पर्दछ । अहिले हामीले गरिराखेको संघर्ष पनि निरन्तर क्रान्तिकै एउटा कडी हो ।

 हामी आफैमा आफ्नै सिद्धान्त र आदर्श बिर्सेर क्रान्ति पूरा भएकोजस्तो जुन खालको दम्भ प्रदर्शन गर्न थाल्यौं, त्यसले पार्टीभित्र विवादहरु पैदा गरायो । र, पार्टीमा विभाजन आयो । पार्टी फूटको चुरो कारण भनेको निरन्तर क्रान्तिको सिद्धान्तलाई बिर्सनु हो ।

क्रान्ति सिद्धिएको छैन, केवल रुप वा बाटो फेरिएको मात्र हो । हामी निरन्तर क्रान्तिका यात्रीहरु हौं । क्रान्ति सम्पन्न नभएसम्म आजीवन हामी त्यसमा लाग्छौं । छोराछोरी, नातीनातीना, पुस्तौपुस्ता यही बाटोमा लाग्छन्, लागिरहन्छन् । यो अठोट र संकल्प सबै क्रान्तिकारीहरुले गर्न जरुरी छ ।

पहिलो चरणको आन्दोलन

अहिले पुराना संसदवादी शक्तिहरु जो हिजोको राजतन्त्रविरुद्धको संघर्षमा केही समय हामीसँग मिलेका थिए, राजतन्त्र गइसकेपछि उनीहरु फेरि पुरानै बाटोतिर फर्किएर विगतमा भएका सहमति सम्झौता तोड्दै छन् र संविधानसभाबाट संविधान नबनाउने तर त्यसको दोष हामीमाथि थोपर्ने योजनामा छन् । वृहत् शान्तिसम्झौता अनुसार सत्य निरुपण तथा वेपत्ता छानविन आयोग बनाउने र हिजोका द्वन्द्वकालीन मुद्दाहरुलाई निरुपण गर्ने जुन सहमति भएको थियो, त्यो कार्यान्वयन गर, सहिद, वेपत्ता परिवार र घाइते योद्धाहरुलाई राहतको व्यवस्था गर भन्ने विषयमा केन्द्रित रहेर अहिले हामीले संघर्ष सुरु गरेका छौं ।

संघर्षको पहिलो चरण हाम्रो खबरदारी अभियान थियो । त्यसन्तर्गत हामीले काठमाडौंमा विशाल प्रदर्शन ग¥यौं, त्यसले के देखायो भने माओवादीहरु सिद्धिए, टुटफुट र विभाजन भएर खत्तम भइसके भन्नेहरुलाई खबरदारी गर्न, आन्तरिक पार्टीपंक्तिको मनोवल उकास्न र अन्तर्राष्ट्रिय समुदायलाई माओवादी भन्ने चिज कहिल्यै सिद्धिने जात होइन, यो त रक्तबीज हो भन्ने सन्देश दिन सफल भएको छ । यसरी आन्दोलनको पहिलो चरण मूल रुपमा सफल भयो ।

विगतका सहमति
हाम्रो आन्दोलनको तात्कालिक लक्ष्य भनेको तुरुन्तै सशस्त्र विद्रोह गरेर सत्ता हत्याएर क्रान्ति पूरा गर्ने होइन । अहिलेको लक्ष्य भनेको जनपरिचालन गरेर विगतमा भएका सहमति कार्यान्वयन गराउन सत्तापक्षलाई बाध्य पार्ने गरी दबाब सिर्जना गर्नु हो ।

शक्तिप्रदर्शन बढाउने र राष्ट्रिय अन्तर्राष्ट्रिय समर्थन प्राप्त गरेर विगतमा सहमति भएनुकूल संविधानसभाबाट संविधान बनाउने हो । त्यसैका लागि हामीले यसबीचमा बार्ता र सहमतिका लागि जोड दियौं । तर फेरि पनि सत्तापक्षहरु गम्भीर रुपले वार्तामा आएनन् । हिजोकै जुन ढिपी थियो, त्यसबाट टसमस भएनन् ।

त्यसकारण हामी आन्दोलनको दोस्रो चरणमा प्रवेश गरेका हौं । यो आन्दोलनमार्फत् पनि एउटा सशक्त दबाब सिर्जना गरेर राष्ट्रिय र अन्तर्राष्ट्रय जनमतलाई अझ सशक्त बनाएर हिजोको सहमति र सम्झौतानुरुप संविधान बनाउन बाध्य पार्ने नै हो । हाम्रो घोषित लक्ष्य पूरा नभएसम्म हामी श्रृङ्खलाबद्ध संघर्ष अगाडि बढाउँछौं । यसको महत्वलाई विशेषरुपले बुझ्न जरुरी छ ।

दुष्प्रचार र यथार्थ
अहिले हाम्राविरुद्ध मिडियाहरुमा धेरै प्रचार हुने गरेको छ । सूचना प्रविधिको पछिल्लो प्रविधिलाई उनीहरुले हाम्रा विरुद्ध प्रयोग गरिराखेका छन्, जस्तो सामाजिक सञ्जाल, अनलाइन पत्रिका, टेलिभिजन, रेडियो र छापा मिडियामार्फत् । हिटलरको प्रचारमन्त्री गोयबल्सले भनेजस्तै झूठलाई सैयौं चोटी दोहो¥याएपछि सत्य हुन्छ भनेझै हाम्रा विरोधीहरुले यस्तै झूठको प्रचार अहिले गरिराखेका छन् । सञ्चार क्षेत्रको कथित क्रान्तिले ल्याएको ठूलो भ्रान्ती हो यो । यसबाट क्रान्तिकारीहरु भ्रमित हुनु हुँदैन, सतर्क र सजग रहन जरुरी छ ।

‘संविधान त बनिसकेको थियो, तर माओवादीले निहुँ खोजेर, उनीहरुमा दूरदृष्टि नभएर संविधान नबनेको हो ।’, ‘जातीय संघीयतामा गएपछि देश टुक्रन्छ, माओवादीहरुले जातीय संघीता चाहेका छन् ।’ आदि दुष्प्रचार गरेर हाम्रै पार्टीपंक्ति र जनतालाई भ्रमित पारिदिने काम गरेका छन् । तसर्थ, यहाँ स्पष्ट हुन के जरुरी छ भने संविधान हाम्रा कारणले नबनेको होइन । मुलुकमा संविधान नभएर हामीले एकथान संविधान बनाउन खोजकाहौं ? होइनौं । पद्म शम्शेरदेखि विरेन्द्र शाहको ०४७ संविधानसम्म ५ वटा संविधान त यसभन्दा अगाडि नै आइसकेका छन् । त्यसलाई खारेज गरेर हामीले अन्तरिम संविधान बनायौं ।

त्यो नेपालको छैठौं संविधान हो । संविधानसभाबाट बन्ने संविधान भनेको सातौं संविधान हो । क्रान्तिका अहिलेसम्मका उपलब्धिहरुलाई संस्थागत गरेर मुलुकलाई नयाँ युगतर्फ डो¥याउने संविधान खोजेका हौं हामीले । सातौ संविधानलाई त्यस्तो संविधान बनाउन खोजेका हौं ।

संसदबाट बन्ने ऐनजस्तो होइन संविधान । संविधानजस्तो विषयमा यसरी मोलाइजा गरेर जता पायो, त्यतै सम्झौता गरेर पुरानै ढंगको ०४७ सालकै संविधानमा सहमति जनाउने भन्ने कुरा कदापि हुन सक्दैन ।

त्यस्तो संविधान होस्, जहाँ यहाँका उत्पीडित वर्ग–मजदूर, किसानहरु, उत्पीडित जाति– आदिवासी जनजाति, मधेसीहरु, उत्पीडित क्षेत्र– हिमाली, कर्णाली र महाकालीहरु, उत्पीडित लिङ्– महिला, तेस्रो लिङ्गीहरु, र, दलित र मुश्लीमहरु सबैको अधिकार सुनिश्चित हुने गरी समावेशी, समानुपातिक लोकतन्त्र स्थापित र संस्थागत हुन सकोस् । उत्पीडित जाती र क्षेत्रहरुको पहिचानसहितको संघीयता बनोस् । हामीले खोजेको नयाँ लोकतन्त्र भनेको यही हो । यो नै संविधानसभाबाट बन्ने संविधानको अन्तर्वस्तु हुनु पर्दछ । मात्र एक थान संविधान अहिलेको आवश्यकता होइन ।

संविधानको मूल अन्तर्वस्तु भनेको संविधानको प्राण हो, पहिचान हो । संविधान भनेको राज्यको चरित्र कस्तो हुने भन्ने कुरा हो । संसदबाट बन्ने ऐनजस्तो होइन संविधान । संविधानजस्तो विषयमा यसरी मोलाइजा गरेर जता पायो, त्यतै सम्झौता गरेर पुरानै ढंगको ०४७ सालकै संविधानमा सहमति जनाउने भन्ने कुरा कदापि हुन सक्दैन । संविधानसभाबाट बन्ने संविधानले जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी–जनजाति आन्दोलन, थरुहट आन्दोलनका समग्र उपलब्धिहरुलाई संस्थागत गर्ने गरी समावेशी, समानुपातिक लोकतन्त्रको संविधान बनोस् भन्ने हाम्रो चाहना हो । यसै विषयमा हामीले अडान लिइरहेका छौं ।

विवादको चुरो
अहिले सहमति अड्केको मुख्यतः दुईवटा कुरामा हो । ३० दलको तर्फबाट हामीले नौं बुँदै प्रस्ताव अगाडि सारेका छौं । तीमध्ये दुईवटा संघीय ढाँचा र निर्वाचन प्रणालीमा सहमति अड्की राखेको छ ।संघीयताको विषयमा उत्पीडनमा परेका जाति, भाषा र क्षेत्रहरुलाई आफ्नो अधिकारसम्पन्न स्वायत्त प्रदेश दिनेगरी संघीय ढाँचा बनाइनु पर्दछ भन्ने हाम्रो भनाइ हो ।

नेपालमा जुन जातीय, भाषिक र क्षेत्रीय विविधतालाई आधार बनाएर संघीयतामा जानुको विकल्पै छैन । विविधताभित्र यहाँ धेरै असमानता पनि छ । पहाडीया खस आर्य जाति, जसको जनसंख्या एकतिहाइ छ । अढाईसय वर्षदेखि त्यो जाति शासनसत्तामा रहँदै आएको छ । ८० प्रतिशत देशको साधान स्रातमा त्यो एकतिहाइ जातिको बर्चस्व रहँदै आएको छ ।

अर्कोतिर, जसलाई तिब्बती बर्मेली परिवार भन्छौं अर्थात् आदिवासी जनजाति भन्ने र्छौं, उनीहरुको जनसंख्या पनि करिब एकतिहाई छ । तर राज्यसत्तामा उनीहरुको १० प्रतिशतभन्दा बढी सहभागिता छैन । र, अर्को एकतिहाइ जनसंख्या, जसलाई हामी तराई मैदानी भूभागमा बस्ने मधेशी भन्छौं, उनीहरुको पनि राज्यसत्तामा करिब २० प्रतिशतभन्दा बढी सहभागिता छैन । त्यसैले, एउटा एकतिहाइले चाहिं ८० प्रतिशत ओगट्ने, दुईतिहाइले चाहिं १५÷२० प्रतिशतमा सीमित हुनुपर्ने ? यो अन्यायपूर्ण भयो । त्यसैले राज्यको पुनर्संरचना गर्न आवश्यक ठानिएको हो । संघीयताको आवश्यकता र औचित्यतालाई निरन्तर स्मरण गरिराख्न जरुरी छ । उल्लेखित ढंगले राज्यको पुनर्संरचना भएन भने अब बन्ने संविधानले पनि त्यही एकतिहाइ, जुन शासक जाति हो, कै हातमा सत्ता रहन्छ र दुईतिहाइ जनसंख्या राज्यसत्ताबाट बञ्चित हुनजान्छ ।

त्यसले देशमा शान्ति र सुव्यवस्था ल्याउँदैन । आर्थिक विकास र सम्पन्नता पनि आउँदैन । त्यसैले, हामी संघीयतामा जानु परेको हो । संघीयताको अर्थ सबै अलग जाति भाषाहरुको अलग राज्य वा प्रदेश भनेका होइन । पहिलो संविधानसभा अन्तर्गत राज्य पुनर्संरचना समिति र राज्य पुनर्संरचना आयोगले तय गरेका पहिचानका पाँच आधार, सामथ्र्यका चार आधार र जसको भाषिक र जनसंख्या एकप्रतिशतभन्दा बढी छ, उसलाई छुट्टै स्वायत्त प्रदेश दिन सकिन्छ । र, अरुको हकमा विशेष स्वायत्त क्षेत्र निमाण गर्ने, स्वायत्त इलाका, स्वायत्तहरु दिन सकिन्छ भन्ने मापदण्ड तयार पारेको थियो । यसैलाई आधार मानेर बन्न आउने प्रदेश भनेको नौं वा दश प्रदेश हो ।

अहिलेको अडान हाम्रो यसैमा हो । तर कांग्रेस एमाले त्यो आधार मान्न तयार छैनन् । उनीहरु संघीयताको नाममा कथित पुरानै हिसाबले विभाजन गर्न खोजेका छन्, मुख्य मतभिन्नता त्यसैकारण उत्पन्न भएको हो । त्यसैले, आन्दोलनको दबाब अझ बढाएर विगतको सहमति कार्यान्वयनका लागि कांग्रेस एमालेलाई बाध्य पार्नु परेको हो ।  -कुराकानीमा आधारित

श्रोत :  ratopati.com


पाकिस्तान केहि गर्छ !!

March 26, 2015

एजेन्सी : पाकिस्तान दिवसका दिन सोमबार काश्मिरमा पाकिस्तानी झण्डा फहराइएपछि त्यसले भारतमा हंगामा गरेको छ ।

झण्डा फहराएको घटनाले दिल्लीमा समेत हल्लीखल्ली भएछि कश्मिर प्रहरीले झण्डा फहराउने दुख्तरान ए मिल्लतकी प्रमुख आसिया अन्द्राबीविरुद्द गैरकानुनी गतिविधि गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ ।

एक पुलिस अधिकारीले अन्द्राबीविरुद्द गैरकानुनी गतिविधि विरुद्दको कानूनको धारा १३ बमोजिम नौहट्टा पुलिस थानामा मुद्दा दर्ता गरेको जनाएका छन् । उनले भारतीय काश्मिरमा पाकिस्तानी झण्डा फहराएको मामिलामा छानविन थालिएको पनि जनाएका छन् ।

भारतीय मिडियाका अनुसार आसियाले २३ मार्चमा पाकिस्तानको झण्डा फहराएकी थिइन् । भारतीय काश्मिरमा पाकिस्तानी झण्डा फहराउँदै उनले पाकिस्तानी राष्ट्रिय गीत पनि गाएको बताइएको छ ।

अलगाववादी संगठनकी प्रमुख आसिया अन्द्राबी काश्मिरकै एक आतंककारी संगठनका पूर्व कमाण्डर अश‌िक हुसेनकी पत्नी हुन् । – See more at: http://annapurnapost.com/


DR. Govinda KC को अनशन फेरी पनि !!

March 26, 2015

source: http://www.ekantipur.com/np/2071/12/12/full-story/406036.html

काठमाडौ, चैत्र १२ – अनशनरत प्रा. डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको छ । मधुमेहपीडित केसीको पिसाबमा दोस्रो दिनदेखि नै ‘एसिटोन’ देखिन थालेको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार यसअघिको १४ दिने चौथो अनशन क्रममा यति छिट्टै एसिटोन देखिएको थिएन ।

स्वास्थ्य जोखिममा पर्दै गए पनि मुलुकमा सर्वसुलभ गुणस्तरीय चिकित्सा शिक्षा र सेवाका लागि लड्दै आएका डा. केसी उच्च मनोबलमा छन् । उनले व्यापक जनसमर्थनका कारण १० बुँदे माग मान्न सरकार बाध्य हुने बताएका छन् ।

‘मेरो ज्यान गए पनि मलाई कुनै पर्वाह छैन । आफ्नो ज्यानभन्दा ३ करोड नेपालीको स्वास्थ्य जोगाउनु मेरा लागि ठूला कुरो हो,’ डा. केसीले बुधबार राति भने, ‘मेरो सत्याग्रहले सबै नेपालीलाई सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा र जेहेन्दार विद्यार्थीलाई सहजै चिकित्सा शिक्षा पाउने अवस्था सिर्जना गर्नेछ ।’

‘उनको स्वास्थ्य छिटो बिगि्रँदै छ,’ प्रा.डा. दिव्यासिंह शाहले भनिन्, ‘बिहान रक्तचाप कम थियो । टाउको र छाती दुख्न थालेको छ । यस्तो अवस्थामा कुनै पनि बेला गाह्रो स्थिति आउन सक्छ । मुटुको चालमा अनियमितता आएर जीवनकै जोखिम हुन सक्छ ।’

वरिष्ठ अर्थोपेडिक सर्जन गत आइतबारदेखि त्रिवि शिक्षण अस्पताल परिसरमा आमरण अनशन बसिरहेका छन् । उही मुद्दा उठाएर उनी अनशन बसेको यो पाँचौंपल्ट हो । सरकारले बुधबार साँझसम्म उनीबारे कुनै चासो देखाएको छैन ।

डा. केसीले सरकार, अदालत, अख्तियार, त्रिवि, मेडिकल काउन्सिललगायत सबै निकायको गडबडीविरुद्घ आन्दोलन केन्दि्रत रहेको बताए । उनले सरकार माफियाको दबाबमा परी संवेदनहीन भएको टिप्पणी गरे । चिकित्सा शिक्षा र सेवाको गुणस्तरमाथि खेलबाड गर्न सरकार, नेता, त्रिवि पदाधिकारी र मेडिकल माफियासहितको टिम लागेकाले आफूले लगातार आन्दोलन गर्नुपरेको उनले बताए ।

मस्यौदाकै चरणमा रहेको चिकित्सा श्ािक्षा नीति आउनुअगावै मेडिकल कलेजहरूलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री, सरकार, राजनीतिक दल र मेडिकल माफिया लागिपरेको डा. केसीको दाबी छ । नयाँ नीतिले मुलुकका दुर्गम ठाउँहरूमा मेडिकल कलेज खोल्न दिशाबोध गर्ने उनी बताउँछन् । चिकित्सा श्ािक्षा नीति बनाउने कार्यदलमा सबै प्रतिष्ठित र इमानदार व्यक्ति भएको, उनीहरूले दिने प्रतिवेदन ३ करोड जनताको हितमा हुने

उनले बताए ।

डा. केसी वास्तविक स्वास्थ्य सेवामा २० प्रतिशत जनताको मात्र पहँुच भएको बताउँछन् । उनका अनुसार काठमाडौंमै थप मेडिकल कलेज खोल्दा भौगोलिक असमानता अझ चर्कने छ । अहिलेजस्तो चर्को शुल्क तिरेर चिकित्सा शिक्षा पढेकाहरू दुर्गममा नजाने उनको धारणा छ । ‘कम आम्दानी हुने दुर्गम ठाउँमा जाने डाक्टरहरू कम खर्चमा वा निःशुल्क अध्ययन गरेका हुनुपर्छ । अहिले त सरकारको नीतिका कारण डाक्टर हुन करोडौं रुपैयाँ तिनुपर्ने वातावरण छ,’ उनले भने ।

यसैबीच डा. केसीप्रति समर्थन जनाउँदै बुधबार महाराजगन्ज मेडिकल क्याम्पसका विद्यार्थीहरूले कक्षा बहिष्कार गरे । उनीहरूले विरोध र्‍यालीसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगी डा. केसीका १० बुँदे मागलाई ज्ञापनपत्रका रूपमा बुझाए । समर्थनमै उनीहरूले बुधबार साँझ ७ बजे शिक्षण अस्पताल हातामा मैनबत्तीसमेत बाले ।

‘सर -डा. केसी) ले हामीलाई कक्षा बहिष्कार नगर्न बारम्बार भन्नुभएको छ । तर हामी उहाँको निरन्तर बिग्रँदो स्वास्थ्य स्थिति देख्दा विरोधमा ओर्लन बाध्य भयांैं,’ नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीका अध्यक्ष उत्सव तिमिल्सिनाले भने, ‘यो अन्धो सरकारलाई जगाउन हामी बिहीबार आँखामा कालो पट्टी बाँधेर शान्तिपूर्ण र्‍याली गर्नेछौं ।’ महाराज मेडिकल क्याम्पसमा करिब चार सय एमबीबीएस र अढाई सय पारा मेडिक्सका विद्यार्थी छन् ।

‘डा.केसीको मागको समर्थनमा हामी शुक्रबारदेखि अस्पतालको बहिरंग सेवामा सहभागी हुने छैनौं,’ नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन -एनआरडीए) का अध्यक्ष डा.रामचन्द्र सापकोटाले कान्तिपुरसँग भने, ‘हामी तत्काल अस्पतालका इन्डोर र आकस्मिक सेवा बन्द गर्देनौं । अझ जटिल स्थिति भयो भने सबै सेवाबाट हात झिक्न बाध्य हुनेछौं ।’ त्रिवि शिक्षण अस्पतालमा करिब दुई सय आवासीय चिकित्सक छन् । उनीहरूले काम नगर्दा अस्पताल नै बन्द हुने स्थिति यसअघिको आन्दोलनमा देखिएको थियो ।

यसैबीच वीर अस्पतालका करिब ३ सय जना आवासीय चिकित्सकहरूसमेत डा. केसीको समर्थनमा ओर्लिएका छन् । रेजिडेन्ट एसोसिएसन अफ न्याम्सका महासचिव डा. रविन खडकाले बुधबार विज्ञप्तिमार्फत डा. केसीको आन्दोलनमा ऐक्यबद्घता प्रकट गर्दै सरकारले माग सम्बोधन नगरे कडा कदम उठाउने चेतावनी दिएका छन् ।

यसैबीच नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले बुधबार विज्ञप्ति जारी गरी केसीको आमरण अनशनको समर्थन गर्दै उनले उठाएका जायज माग पूरा गर्नुपर्ने बताएका छन् ।

यसैबीच नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौला र सभासद गगन थापा बुधबार अनशनस्थलमै गएर डा. केसीप्रति ऐक्यबद्धता जनाएका छन् ।

डा. केसीका मागहरू

१. चिकित्सा शिक्षा नीति र चिकित्सा विश्वविद्यालय निर्माण नभएसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिनु हुँदैन ।

२. विगतदेखि सम्बन्धन लगायतका प्रकरणमा अनियमितता र भ्रष्ट गतिविधिमा संलग्न त्रिवि पदाधिकारीलाई पदच्युत गरेर कारबाही गर्नुपर्छ ।

३. चिकित्सा विश्वविद्यालय सम्भाव्यता अध्ययन समिति र चिकित्सा शिक्षा राष्ट्रिय मापदण्ड निर्धारण समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वन हुनुपर्छ ।

४. राष्ट्रिय चिकित्सा तथा स्वास्थ्य शिक्षा नीति निर्माणका लागि बनेको कार्यसमितिले रिपोर्ट बुझाउनासाथ यसलाई तत्काल कार्यान्वयन गर्नुपर्छ ।

५. सरकारसँग विगतमा भएको सहमति र मन्त्रिपरिषद्को निर्णयविपरीत काठमाडौं विश्वविद्यालयले दिएको दुईवटा मेडिकल कलेजको सम्बन्धन तत्काल रोकिनुका साथै यो प्रकरणमा संलग्न केयु पदाधिकारीहरूलाई कारबाही गरिनुपर्छ । सम्बन्धन प्रकरणमा आफ्नो अख्तियार दुरुपयोग गर्दै सम्बन्धनका लागि अवाञ्छित दबाब दिएको आरोप लागेकाले यसको छानबिनसँगै दबाब दिइएको पाइए अख्तियारको प्रमुखमाथि कानुनी कारबाही गरिनुका साथै पटक-पटक राज्यले गरेको सम्झौता उल्लंघन गर्ने शिक्षा मन्त्रीमाथि पनि उचित कारबाही गरियोस् ।

६. अनुगमनपछि सन्तोषजनक नपाइएको मेडिकल कलेजको सिट घटाइनुको सट्टा बढाउने गरिएकोमा यो प्रकरणमा संलग्न मेडिकल काउन्सिल, त्रिवि र केयुका पदाधिकारीहरूको छानबिन गरी गुणस्तरमा सम्झौता गरेको पाइए कारबाही हुनुपर्छ ।

७. काउन्सिल र विश्वविद्यालयले लिने प्राविधिक निर्णयमा अदालतले बारम्बार अवाञ्छित हस्तक्षेप गर्दै गुणस्तर नपुगेका कलेजको सिट घटाउन नमिल्ने, प्रवेश परीक्षामा नबसेका, फेल भएका विद्यार्थीलाई पढाउन पाउने फैसला गरेर दण्डहीनताको अवस्था सिर्जना गरेकाले त्यस्ता फैसलाहरूबारे कानुनबमोजिम छानबिन गरेर कारबाही गरियोस् ।

८. त्रिवि, आईओएम, न्याम्सलगायत नेतृत्वदायी र नियामक संस्थामा दलीय बफादारीले नभएर वरिष्ठता र कार्यक्षमताको आधारमा नियुक्ति गरियो । दलीय बफादारीमा नियुक्त भएका नेपाल मेडिकल काउन्सिलका अध्यक्षलगायत पदाधिकारीहरूलाई तुरुन्त बर्खास्त गरियोस् ।

९. आम व्यक्तिको सर्वसुलभ स्वास्थ्य सेवा पुर्‍याउने जिम्मा राज्यको भएकाले यसका लागि दीर्घकालीन नीति लिएर कार्यान्वनय सुरु गरियोस् । त्यस प्रयोजनका लागि चिकित्सा, नर्सिङ र पारामेडिकल कोर्समा विद्यार्थीलाई निःशुल्क वा न्यूनतम शुल्कमा पढाउने व्यवस्थासँगै चिकित्साका स्नातकोत्तर र सोभन्दा माथि तहलाई तत्काल पूर्ण निःशुल्क गरियोस् ।

१०. ग्रामीण क्षेत्रमा सरकारी पहलमा मेडिकल कलेज खोल्ने सम्झोता भएकोमा यसलाई तुरुन्त कार्यान्वयन गरियोस् ।

प्रकाशित मिति: २०७१ चैत्र १२ ०८:३३


%d bloggers like this: