गजल !!

April 1, 2024

By Keshav Bhojpure

मेरो पाउको यो खराऊ
मन पराउ या नपराउ

उस्तो धनि त हैन कि !!
तै पनि म भन्छु नडराउ !!

जीन्दगी हुदैन एकनास्
कमजोर छु, आज नकराऊ

पानी, पानी हो, पानी बन न!
खोला बनेर नदीमा नहराउ !!

बैमान छ दुनिया यता सुन त
मायामा सम्झौता नगराउ !!

१९ चैत २०८०
copyright


नेपाली राजनितिको अनुभुति (फलोअप)

August 17, 2009

 update:-

Krishna Gopal Shrestha को विचार मा नेपालको  राजनीति।

सरसरती हेर्दा राजा ले गर्ने शासन वा राज्य ब्यबस्था संचालन गर्न तय्यार गरिने निती? हामी लाई लाग्छ कि राज्य ब्यबस्था संचालन गर्न आबश्यक नियम कानून बनाउन प्रयोग गरिने निती लाई नै राजनीति भनियको होला।
काठमाडौं मा यक्ष मल्ल ले आफ्ना छोरा हरु लाई अलग अलग राज्य बितरण गरी सके पछी मात्र शाशक हरु मा बेमेल र झगडा भयको देखिन्छ साथै बहादुर शाह को पतन  पछी त  झगडा भनेको दरबार को रोग नै सिद्द भयो। प्रताप सिंह शाह ले आफ्ना ज्यठा छोरा शेर बहादुर शाही लाई राजा बनाउन नसक्दा शुरु भयको झगडा राजा बिरेन्द्र को पाला सम्म आइ पुग्दा राजा बिरेन्द्र ले आफ्ना दाजु रबिन्द्र शाह लाई राज कुमार घोषित गरे पछी अन्त भयको देखिन्छ। समय को अन्तराल मा रण बहादुर शाह ले बिधुवा पुत्र गिर्वाण युद्द लाई राजा बनाइयको हिसाब मा त नेपाल मा को राजा हुनु पर्ने को को भय भन्न् पनि नसकिने अवस्था देखिन्छ। ति सबै दोष हरु को भागीदार अहिले नेपाली जनता भयका छन।
हुनत हस्तिनापुर को युद्द पनि राजा महांराजा हरुको फेर बदल को नतिजा हो तर पनि राजा मा हुनु पर्ने गुण नहुंदा नहुंदै पनि ध्रितरास्त्र र दुर्योधन ले शासन गर्न खोज्नु अर्को कारण पनि हो। भारतीय हरुले  युधिस्थिर जस्तो राजा पाउनु कम सुखद कुरो होइन तर हामी छिमेकी भयर पनि देश चलाऊने एक जना पनि राजनेता नपाउनु शायद देश र जनता कै दुर्भाग्य हो।
ब्रम्हाण्ड सृस्‍टि कर्ता ले नेपाल लाई सबै थोक दियका छन, बनस्पती जिब जन्तु , झरना र ताल, हिमाल देखी पहाड सम्म। समुद्री सतह बाट ५० मिटर को उंचाइ देखी संसार को अग्लो भु-भाग सम्म पनि नेपाल ले पायकै हो तर लेखेको मात्रै पायिन्छ देखेको पायिन्न भन्ने बिधाता को नियम अनुसार अब ति सबै ”हाम्रो थियो” मा सिमित हुन पुगेका छन। सन १८१६ देखी आफ्नो सिमाना खुम्च्याउन वाध्य  नेपाल को त्यो हालत हाल सम्म जारी नै छ।  कहिले सन्धी का लागि प्रयोग भय त कहिले पञ्चायत टिकाउन का लागि, कहिले गिरिजा बच्न का लागि त कहिले प्रचन्ड। कहिल्यै कुनै प्रयास भयन नेपाली जनता र देश का लागि। जस्ले समाज र देश का लागि आफ्नो ज्ञान बुद्दी र बिबेक प्रयोग गर्नु पर्थ्यो ति सबै एक अर्का मा हिलो छ्यापेर नै समाप्त पारे। राज्य ब्यबस्था संचालन गर्ने दायित्वो पायका हरु संग जुन धैर्य हुनु पर्दथ्यो त्यो नदेखिंदा जनता ले जुन दु:ख पाय त्यस्को प्रायसचित  बाहेक अब केही बांकी छैन। राज्य जनता का लागि हैन तर जनता राज्यका लागि हुन भन्ने भाबना जगाइदिय जस्ले शासन गरे । जब कि जनता ले देश का लागि म केही गर्छु भनाउनु पर्ने मा देश ले मलाई केही गर्नु पर्छ भन्ने बनाय आफन्त का लागि देश नै प्रयोग गरेर।
केही समय पस्चात नयाँ संबिधान आउंदैछ नेपाल  मा। यो त्यही बेला हो जुन बेला नयाँ शासन पद्दति शुरु हुन्छ र देश ले नयाँ गती लिन्छ। आशा गरौ त्यो समय सम्म देश का सबै नेता हरु एक आपस मा मिलेर नेपाली जनता लाई अनुशासन र धर्म निती सिकायर नयाँ युग को शुभारम्भ गरुन। धर्म  को सुर्य उदय हुनेछ र न्याय को प्रकाश देश भर फैलिने छ।

 

पाल्पाली मगर तारा  के भन्नुहुन्छ त ?

ओहो सर यो राजनिती………….. पनि हामी नेपाली हरुका लागि अभिसाप नै बन्यो भन्न मन लाग्छ, राजनिती आँफै नराम्रो त पक्कै नहोला है राजनैतीक गर्नेहरु साँढे भएपछी कस्को के लाग्दो रहेछ र ? अब मलाई मात्रै होइन जो कोहिलाई पन्चायत नै ठीक थियो बरु, तेतिबेला न कुनै मान्छे मारेको मरेको सुन्निथ्यी, कतै एस्तो घटना भयो भने सन्सनी पूर्ण हला चल्दथ्यो, सरकारी मान्छे भने पछी समान्य जनता बदो होसियार र थर्कामान बन्दथे, जे होस् नियमा कानुन उल्लङ्घ गर्न जो कोही डराउद थे। तर निकाइ सास्ती र धेरै जनताको बलिदान पछी निकै कस्ट पुण र जनताको समानता सार्बभौम अधिकारका लागि भनी ल्याएको प्रजातन्त्र, गणतन्त्र ,जनगणतन्त्र तेसपछी अझ लोकतन्त्र रे…..
खोइ जे भए पनि बाँदरलाई नरिवल भएको यो प्रजातन्र अब नेपाली जनतालाई ओक्ल्न्ने भईसकेको छ। माओबादी जन युध्द पनि एती बेलई थ्ग्नु पर्‍यो यो देशले जसबाट जनधनको ठुलो छेती बेहोर्दै नेपाल २० बर्ष पछाडि धकेलियो। तर अहिले को स्थितिमा आएर दोस्रो जन-आन्दिलन पस्चात पनि झन ३० बर्ष पछाडि हुँदै छ र हुने क्रम जारिनै छ। अब एस्तो अवस्थामा हामी जनताले न्याओचित अधिकार र शान्ती-सुरक्षा सँग बाँच्न सम्म नपाउने महसुस भईसकेको छ। लोकतन्त्र अब ठोक्तन्त्र र मन्परीतन्त्र तिर परिवर्तन हुँदै गैरहेको यो स्थितिमा अब फेरी म प्रजातन्त्र र लोकतन्त्रको झन्डा बोकेर तेस्रो जनान्दोल गर्न सक्दिन। बरु राजा आउ देश बच्चाउ ” भन्ने अभियान थालनु पर्ने जस्तो देखिन्छ। हुन पनि राजाको कालमा अरु जे सुकै भएपनी ढुक्क सँग आफ्नो बारीमा कजिएर साझा मिठो नमिथो एक छक खाएर भएपनी आन्नदले निदाउन सकेका थिऔ। अब भन्नोस साथीहरु …………………

तपाईलाई कस्तो लागेको छ ?? लेखिपठाउनुस् है!


कस्तो रोग लागेको होला भनेको त ।।

August 1, 2009

छेटु शेर्पा

सङ्खुवासभा समाचारदाता

सङ्खुवासभा साउन ८ गते । सङ्खुवासभामा अज्ञात रोगका कारण मकै सुकेको छ ।
यहाँको मत्स्येपाखेरी- ७ नुम जलजला वाना मादी लगायतका गाउँमा मकैं अज्ञात
रोगले सुकेको हो । मकैंको पात सुक्ने र बोट मर्ने गरेको कृषक जगतबहादुर
घलेले बताउनु भयो । मकैं पूरै सुकेपछि कृषकहरु चिन्तित भएका छन् ।

लामो खरेडीको मारमा बचेका मकै सुक्न थाले पछि कृषकहरु बिउँ कसरी जोगाउने
भन्दै आपक्ती जनाउन थालेका छन् । त्यतिखेर पनि कृषकले राहत पाउन नसकेको
पीडित कृषक गौरीमान गोले बताउनु हुन्छ । कृषि विकास कार्यालयले मकैं
सुकेको अवलोकन गर्ने जनाएको छ ।

 

कस्ता समाचारदाता होलान् बा । खै के खै के ।।


दोहोरी की फोहोरी ?

July 24, 2009

Magar Tara, Palpali
बहिनीको दया छ भने
रोदी घर दाई नाचे नभने…… ।
सिंहदरबारको खोपी भित्र अवस्थित रेडियो नेपालको प्रसारण केन्द्रबाट दशकौ देखि दिनहु प्रसारण हुने गर्थे यि कर्णपि्रय गीतहरु । उमेरगत उभौली बैसमा उक्लिदै गर्दा रोदी बस्न जाने बैसालु रहरले झम्के साझमा रोदीघरतिर ओरालो झर्दा घरगाउ तिर रोदी बस्न गएको भेद नखोलिदेउ है भनी गरिएको अल्दारेको अनुनय हो भन्ने यो गीतको भावले प्रस्ट जनाउदछ । त्यस ताका बाहुन क्षेत्रीको समाजमा रोदी बस्न जान प्रतिबन्ध नभएपनि बाहुन क्षेत्रीको छोराछोरीहरु रोदी धाएको कसैको काचो आखाले ठहरै देखेमा फलानाको छोरालाई त कुरकुरे बैसले छोएछ भनेर त्यसताका उछित्तो काढिन्थ्यो ।
बाघ हैन झम्टने, चितुवा हैन चिथोर्ने, हामीले पाए तरुनी फकाउने फुलाउने डोलीमा चढाई लैजाने जस्ता कुमार बस्नेतका ठट्यौला गीतहरु हुन् वा हिरण्य भोजपुरेको पालाको आफु त जुरेली हाागा हाागा डुलेर, डाली डाली नाचेर , टिकुली ट्याक, टिकुली ट्याक, भन्छे है चरीले माया नमार जस्ता गीत देखि लिएर सुर्खेतमा सालिना बुलबुले ताल, मन तरुनो सालिना ज्यान बुढो यो साल जस्ता गीतहरुले पनि त्यत्तिकै बजार पाएका थिए । फुल फुल्यो बासना , मुसुक्क हासन , माया तिम्रो जोबन लालीगुरास जस्ता पाण्डव सुनुवारका गीत देखि लिएर ज्ञानु राणा, सावित्री शाह, रामशरण दर्नाल, झलकमान गन्र्धव, बासुदेव मुनाल, लोक बहादुर क्षेत्री, डेजी बराईलीका कर्णपि्रय लोकसुस्केराहरु उत्ति नै चाखका साथ सुनिन्थ्यो । नियमितरुपमा यस कारणले पनि सुनिन्थ्योकि तत्कालिन पञ्चायती व्यवस्थाको शाशनकालमा रेडियो नेपाल माथि सरकार पक्षबाट सौता हाल्न कसैलाई पनि छुट नभएको हुदा एफ एम रेडियोका स्थापना सोचहरु शाही सरकारकै गर्भमा कुाजिएर बसेको थियो । हुन त आधुनिक गीतको फाटमा पनि नारायण गोपाल गुरुवाचार्य, गोपाल योञ्जन, प्रेमध्वज प्रधान, फत्तेमान, भक्तराज आचार्य,उदितनारायण झा, नातीकाजी, ,तारादेवी, शान्ती ठटाल, दावा ग्याल्मो जस्ता हस्तीहरुका आधुनिक कोकिलकण्ठहरुले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एकछत्र राज नगरेका त कहा हुन र ? लोकगायन तथा लोक दोहोरीको क्रममा बम बहादुर कार्की, कृष्णसुधा ढुंगाना, नारायण रायमाझी त्रयले पानको पात, मायालुलाई सम्झन्छु दिनको रात मस्र्याङ्गदी सलल भन्ने दोहोरी गीतलाई म्युजिक नेपालमा रेकर्डिङ्ग गराएर लोकतथा दोहोरी श्रवकमाझ पस्किदिएपछि लोकदोहोरी सुन्ने श्रोताहरुको कान व्हात्तै बढेको थियो । त्यसबेला देखि लोकदोहोरीको लहरले अहिले सम्म पनि करप्प खैाचेर त्यत्तिकै गाजीरहेको छ ।
अब लेखकीय उपग्रहलाई शिर्षकको कक्षतिर नै परिक्रमा गराउनुपर्ला भन्ने सोचेको छु । लोकगीत एकल लय अथवा एकोहोरी, एकोहोरी हुदै दोहोरी, दोहोरी बाट तेहोरी र तेहोरी बाट पनि चौहोरीतिर फड्को मारेपछि फोहोरी भएर निस्कन थालेको यथेष्ट नमूना गीतहरु हामी कहा बग्रेल्ती भेटिएका छन् ।
यसरी दोहोरीमा दुर्गन्ध फैलाउने फोहोरी गलाकारहरुको केहि उदाहरणहरु पेश गर्ने जमर्को गरेको छु । कुराको श्रीगणेश चाहि कोमल ओली बाट नै गरौा । केहि बर्ष अघि कोमल ओलीले निकालेको एल्बममा पोइल जान पाम् भन्ने कोमल ओलीको कण्ठ संग्रहले भाङ्गधतुरो सेवनकर्ता शिवजीलाई गरेको अनुनय पक्कै पनि हाम्रो गाउघरमा सवै जम्मिएर सुन्न लाजमर्दो तीजगीत हो भन्ने मैले अड्कल काटेको छु । लहलहाउादो भर्भराउदो बैस भएको बेलामा सुद्धिले माटो खाएपछि अहिले ४० ले नेटो काटे पछि बिहे नभएको तोडमा खुनासिदै गरेको अभिव्यक्ति उनको यथार्थ अनुभूति भएपनि श्रोताको लागि लाजमर्दो प्रस्तुती हो भन्ने मेरो मनोदलातले ठहर गरेको छ । मूला भएको भए काठ पसिसक्थ्यो, साल भएको भए अगराठ पलाईसक्थ्यो, बोका भएको भए ठसठसी गनाएर हिङ्ग खुवाईसक्नुपथ्र्यो यो उमेरमा बिहे नभएको तोडमा गीतमार्फत कोमलजीको गुनासो हास्यरसको लागि गाइएपनि लाजरसपनि श्रोताले त्यत्तिकै अनुभूत गर्न पाउाछन् । यता कोमल ओलीले पोइल जान पाम् भन्ने गीत मात्र निकालेका के थिए उता पल्लो पाखामा दाउ हेरेर बसेका अर्का गायकले पोइल जान पाम भन्नेलाई मैले लान पाम भनेर झटारो हान्न पुगीहाले । त्यसपछि त पोइल जान पाम भन्ने र पोइल जान पाम् भन्नेलाई मैले लान पाम् भन्ने गलाकार बीच ठुलै शीतयुद्धले बृहत्रुप लिएपछि अदालतको दैलो सम्म पनि पुगेका थिए रे भन्ने अपुष्ट हौवा चलेको थियो । त्यतिले मात्र के धित् मथ्र्यो र कोमलजीलाई, अहिले सम्म माग्न कोहि आ छैन बिहे भाछैन भन्दै गीतको कोकोहोलो मच्चाउन पुगिहालिन् । रुघाको लक्षण काासोले चिनिन्छ आईमाईको लक्षण हाासोले चिनिन्छ भनेझैा दुईटा चूल्ठोमा फुर्के धागो बाटेर मसक्क मस्किदै तन्नेरीहरुलाई आफुलाई बिहे गर्ने लहडले सताएको कुरा पस्किएपनि कठै ति बृद्धबालिकाको हात थाम्न कसैले दुस्साहस गर्न सकेनन् । एकचोटी त
कोहलपुरमा म जादा खेरि भेटेा मैले गजबको तन्नेरी
उसले भन्यो ए नानी गाजले म त मरेा लाजले
भन्दै काठमाण्डुमा आएर खुसुक्क कुरा फुस्काईहालिन् । तैपनि त्यताबाट पनि केहि छााट देखिएनछ । कोमल ओलीको बिहे नभएको गथासोलाई थाती नै राखौ ।
लुकी ढाटी कुरा के भयो र प्रसंग कोट्याउादा एकपटक आफ्नो अल्दारे उमेरमा गाउघरको सत्यनारायण पूजामा साथीको लहैलहैमा दोहोरी गाउन भनेर पुगियो । गुरुङ्ग गाउका नानीहरु मखमली घलेक लगाउा पुतलीको आङमा लपेटेको नानाझै लपेटेर रिमिक्क पर्दै गीत गाउन हाजिर भएका थिए । गीत गाउन जाने साथी सिकारु नै रहेछन् । ढंग पुर्याएर रंगको गीत गाउन नजान्दा उ बेलामा कालो बादलले नपाउनु दुख पाईएको थियो ।
हाम्रो बारी आलु र काउली
तिम्रो बारी बाझै छ के खाउली ।
भनेर गीतको भकारी भनाउदो साथीले भन्नमात्र के पुगेको थियो,गीतैगीतमा ति नानीहरुले रातदिन गाउघर चहारेर हिड्ने संग माया लाउदा दुख पाईने हो कि भनेर गीती भाकामा नै असमञ्जस व्यक्त गरीन् । ति नानीहरुको असहमतिभाव बुझे पछि साच्चैनै घरबार नहुने नै भयोकि भने जस्तो गरेर साथी त आफ्नो दाहिने हातको चोरी औाला ति गीत गाउने नानीहरुको नाकैमा ठोक्काउाला झै गर्दै गीतमा कुर्लिहाले ।
बैनी तिमी नबन ठालु
दुनियाले कुल्चेको पिडालु ।
यत्ति भन्न मात्र के भ्याएका थिए । बखान गरी साध्य भएन नि बरिलै त्यो रात । त्यहि आगन छेउमा भएको पिडालुको खोल्मा मुनि अड्याएर राखेको घोचो लिएर पो लखेट्न थाले हो ठाकु गाउबाट राति हुदो । त्यो मध्य रातमा न कान्लो भनियो न काडा भनियो, न समथर भनियो न डाडा भनियो । आफ्नै घरको करेसाबारी सम्म ल्याएर छोडिदिए नि कठै । त्यो दिन बाट दोहोरी गाउन जाने नाम लिएपछि आफु त दुर दुहाई ।
माथिको प्रसंग ल्याएर फेरि एक पटक जोडौ । अर्जुन गैरे नामका गलाकारले
गर्नु गर्यौ बलराम भैासी पालेर
दुनियालाई ढाटेर
खाटी दुधमा पानी हालेर
भन्ने बिडुागो गीत निकालेका मात्र के थिए अर्का गलाकारले गाउलेलाई पायन देखाउन रागो किनेर ठूलै उपत्ति गरे जस्तो ठानेर रागो पालेर भन्ने गीत निकाली छाडे । त्यति मात्रैले के को रहर पुग्थ्यो र दोहोरी गायनका पारखीहरुलाई , फेरि एकजनाले डाइवर दाई मन पर्यो मलाई भनेर गीत निकालेका मात्र के थिए त्यो गीत जन्मेको बषिर्का पनि नपुग्दै अर्का गायककारले
हेर न हेर खलासी कान्छा भाई
मन पर्यो भन्दैछ डाईवर दाई ।
भन्दै उस्तै अनुहार मिल्ने गीत गएर चर्तिकला देखाईहाले । भर्खरै मात्र बजारमा निस्किएको झापाली स्याङ्गजाली दोहोरीले पनि स्याङ्गजाली झापालीको हुर्मत नै लिने काम भएको छ भन्ने हल्ला पनि सुनेको छु । लोकगीत त सन्देशमूलक हुनुपर्नेमा यस्ता दोहोरीले फोहोरी रुप धारण गरे पछि समाजमा यस्ता लोक तथा दोहोरी गीतले कस्तो सन्देश फैलाउाछ ? सहजै अड्कल काट्न सकिन्छ । लोक तथा दोहोरीले त गाउघरका पिडा, उत्पीडन, प्रेम संवेग र धर्म सन्देश प्रवाह गर्नु पर्नेमा यस्ता गीतका सन्देशले नया पिढीलाई कस्तो दिशातिर डोर्याउाछ यो आजको सोचनीय पक्ष हो ।
औस्नेपालन्युजडट्कम्  बाट  सभार